+

जभीलाई कोरोना संक्रमण

२०७७ साउन  १० गते २०:३८ २०७७ साउन १० गते २०:३८
जभीलाई कोरोना संक्रमण

काठमाडौं । स्पानिस क्लब बार्सिलोनाका लिजेण्ड तथा कतारी फुटबल क्लब अल सादका वर्तमान प्रशिक्षक जाभी हर्नान्डेजलाई कोरोना संक्रमण भएको छ ।

४० वर्षीय जाभीले आफुलाई इन्स्टाग्रममार्फत कोरोना संक्रमण भएको जानकारी दिएका छन् । उनले आफू सेल्फ आइसोलेटमा रहेको पनि जानकारी दिएका छन् ।

जाभीलाई कोरोना पोजेटिभ देखिएपनि कुनै लक्षण भने नभएको र राम्रो अवस्थामा रहेको बताएका छन् । ‘केहि दिन अघि मेरो कोरोना रिपोर्ट पोजेटिभ आएको छ । भाग्यवश म ठिक छु । तर स्वास्थ्य प्रोटोकलका कारण म यसबाट ठिक नभएसम्म आइसोलेसनमै रहने छु’ जाभीले भनेका छन् ।

जाभीले अब आफ्नो क्लबको अल खोर विरुद्धको खेल गुमाउनेछन् । उनको स्थानमा डेविड प्राट्सले टिमको प्रशिक्षण सम्हाल्नेछन् ।

जाभी हर्नान्डेज

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय