१३ भदौ, पोखरा । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट कास्कीमा थप एक जनाको मृत्यु भएको छ ।
पोखरा-१४ का ५८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । भदौ ७ गते मात्र पेटको अपरेशन गरेका उनलाई १० गते कोराना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो ।
उनको उपचारका क्रममा विहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।