+
+

रौतहटका पुजारी हत्याको आरोपमा दुई जना पक्राउ

गौरव पोखरेल गौरव पोखरेल
२०७७ भदौ १५ गते १६:४०

१५ भदौ, काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी हत्या प्रकरणमा संलग्न भएको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिकाका  रामनरेश पटेल र बालकुमार पटेल छन् ।

भारतीय प्रहरीको सहयोगमा बिहारबाट उनीहरुलाई पक्राउ गरेर प्रहरीले रौतहट ल्याएको हो ।

हाल पक्राउ परेको दुवै जनाले अभियोग भने स्वीकारिसकेका छैनन् ।

प्रकरणमा देवाही गोदाही नगरपालिका–१ का वडाध्यक्ष शेख नरुल्लाह, राजेन्द्र पटेल, कहिल पटेल र रामप्रवेश पटेल फरार छन् ।

प्रारम्भिक अनुसन्धानमा पुजारी श्रीराम शाहको हत्यामा धार्मिक कारण नदेखिएको प्रहरी स्रोतले बतायो ।

गत ३ भदौमा राति खाना खान बसेका बेला पुजारी साहको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए ।

प्रकरणको एक साता वितिसक्दा पनि अनुसन्धानमा प्रहरीले सफलता हात पार्न नसकेको भन्दै नागरिकले विरोध जनाइरहेका थिए ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?