+

क्रोएसियाविरुद्ध फ्रान्सको पुनरागमन जित

२०७७ भदौ  २४ गते ८:३८ २०७७ भदौ २४ गते ८:३८
क्रोएसियाविरुद्ध फ्रान्सको पुनरागमन जित

२४ भदौ, काठमाडौं । विश्वकप विजेता फ्रान्सले विश्वकप उपविजेता क्रोएसियाविरुद्ध पुनरागमन जित हात पारेको छ । युइएफए नेशन्स लिगअन्तर्गत लिग ए को समूह ३ को खेलमा फ्रान्सले पुनरागमन गर्दै ४-२ ले जित हात पारेको हो ।

फ्रान्सको घरेलु मैदान स्टेड डे फ्रान्समा डेजान लोभरेनले १७औं मिनेटमा गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । ४३औं मिनेटमा एन्टोनी ग्रीजमनले फ्रान्सका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफको अन्तिममा क्रोएसियाका डोमिनिक लाकोभिचले आत्मघाती गोल गरेपछि फ्रान्सले २-१ को अग्रता बनायो । ५५औं मिनेटमा ङ्क्रोसियाका जोसिफ ब्रेकाकोले गोल गर्दै खेल बाबरीमा ल्याए ।

६५औं मिनेटमा डायोट उपामेकानोले गोल गर्दै फ्रान्सलाई ३-२ को अग्रता दिलाए । ७७औं मिनेटमा ओलिभर जिरुडले गोल गरेपछि फ्रान्सले सहज जित हात पारेको हो । जिरुडले अन्तर्राष्ट्रिय फुटबलमा ४०औं गोल गरेका हुन् । फ्रान्सका लागि सर्वाधिक ५१ गोल थिएरी हेनरीले गरेका छन् ।

जितपछि फ्रान्सले पोर्चुगल समान ६ अंक जोडेको छ तर गोलअन्तरमा दोस्रो स्थानमा छ ।

नेशन्स लिग फ्रान्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय