
१८ साउन, काठमाडौं । प्रहरीले सार्वजनिक बसमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । एक जना फरार छन् ।
महानगरीय प्रहरी परिसर, भक्तपुरका अनुसार सिन्धुपाल्चोकको साँगाचोक गढी नगरपालिका–१० घर भएका २२ वर्षीय निरकुमार खड्का र अर्का एक व्यक्ति पक्राउ परेका हुन् ।
भक्तपुर–८, कालाँचामा रोकिराखेको बा ३ ख २६१२ नम्बरको बसमा चालक खड्कासहित तीन जनाले जबरजस्तीकरणी गरेको किटानी जाहेरी परेको छ ।
जाहेरीको आधारमा महानगरीय प्रहरी वृत्त, जगातीले दुईजनालाई पक्राउ गरेको हो ।
घटनामा फरारको खोजी भइरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4