+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कुमारी बैंकमा तलब खाता हुनेलाई विना धितो फोनबाटै एक लाखसम्म ऋण

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १६ गते १२:४२

कुमारी बैंक लिमिटेडले फोन लोन नामक नयाँ कर्जा सुविधा प्रदान गरेको छ । आफ्ना सेवाहरुलाई डिजिटल मैत्रीबनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले फोन लोन नयाँ सेवा संचालनमा ल्याएको हो ।

कुमारी बैंक लिमा विभिन्न तलब खाता सञ्चालन गरिरहेको ग्राहकहरुले अधिकतम् ३० दिनसम्मका लागि अधिकतम रु. १ लाख सम्मकुमारी स्मार्ट मोबाइल बैकिङ्गबाट फोन लोन सुविधा सहजै प्राप्त गर्न सकिने भएको छ । कर्जाको लागि कुनै पनि धितोको आवश्यकता रहने छैन् भने कुनै निवेदन दिन र कानूनी कागजात गरिरहनु पर्ने छैन ।

ग्राहकहरुलाई आवश्यक भइरहने खर्च व्यवस्थापन गर्न फोन लोन सुविधाबाट अधिकतम लाभ प्राप्त हुनेमा बैंक विश्वस्त रहेको छ । आगामी दिनहरुमा कुमारी बैंकले आफ्ना सेवाहरुलाई अझ सहज र डिजिटल मैत्री बनाउँदै लगिने बताएको छ ।

आˆनादेशव्यापी १८४ शाखा-संजाल, १४४ एटिएम, २१ शाखारहित बैंकिंगइकाई तथा १३ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?