+

नगरपालिका संघसँग एन्फाको सहकार्य

२०७७ मंसिर  १२ गते १९:४९ २०७७ मंसिर १२ गते १९:४९
नगरपालिका संघसँग एन्फाको सहकार्य

१२ मंसिर काठमाडौं । नेपाली फुटबल विकासका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल नगरपालिका संघसँग सहकार्य गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा एन्फाले शुक्रबार नगरपालिका संघसँग एमओयु गरेको छ ।

एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र नगरपालिका संघ तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्यन्जु श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतापछि नेपाली फुटबल विकासको लागि एन्फा र नगरपालिकाबीच खेलकुद प्रतियोगितासहित विविध कार्यमा सहकार्य हुनेछ । सम्झौता अहिले दुई वर्षको लागि भएको र पछि बढाउन सकिने एन्फाले जनाएको छ ।

सम्झौतापछि नगरपालिका संघका अध्यक्ष श्रेष्ठले नेपालमा खेलकुद विकासका लागि यो कोशेढुंगा सावित हुने बताए ।

एन्फाका अध्यक्ष शेर्पाले फुटबलको विकासका लागि स्थानीय तहसम्म जोड्न यस सम्झौता महत्वपूर्ण हुने बताए । शेर्पाले यस सहकार्यमा फुटबल पूर्वाधार निर्माण, प्रतियोगितालगायत धेरै क्षेत्र समेटिएको बताए ।

एन्फा नगरपालिका संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

- अनलाइनखबर २०८१ असोज ६ गते १७:५०
4 Stories
सृष्टिको बिकिनी अवतार

सृष्टिको बिकिनी अवतार

- अनलाइनखबर २०८१ असोज ६ गते १७:११
6 Stories
भिटेनको ट्याटुमा के छ ?

भिटेनको ट्याटुमा के छ ?

- अनलाइनखबर २०८१ असोज ६ गते १६:३८
5 Stories
५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

- अनलाइनखबर २०८१ असोज ६ गते १६:१२
6 Stories
६ खानेकुरा, जसले प्रजनन क्षमता बढाउँछ

६ खानेकुरा, जसले प्रजनन क्षमता बढाउँछ

- अनलाइनखबर २०८१ असोज ६ गते १५:५८