+
+

नेकपाका दुवै पक्षको केन्द्रीय समिति बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ९ गते ९:२८

९ पुस, काठमाडौं । एकता प्रक्रिया नसकिँदै विभाजित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुवै पक्षका केन्द्रीय समिति बैठक आज बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको बैठक बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षको बैठक कार्की ब्यांक्वेट बबरमहलमा बिहान ११ बजेपछि बस्न लागेको हो ।

यसअघि गत मंगलबार पनि दुवै पक्षले आ–आफ्ना समूहका बैठक आयोजना गरेका थिए । ओली समूहले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गर्ने र पार्टी महाधिवेशन २०७८ साल मंसिर २ गते काठमाडौंमा गर्ने निर्णय गरेको थियो । साथै पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठ (प्रकाश)लाई हटाएर सोको जिम्मेवारी परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीप ज्ञवालीलाई दिइएको थियो ।

प्रचण्ड–माधव समूहले भने अध्यक्ष पदबाट केपी शर्मालाई ओलीलाई हटाएर माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने निर्णय गरेको थियो ।

नेकपाका दुवै समूहले आधिकारिक पार्टी आफूहरु नै भएको दाबी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?