Comments Add Comment

सुआरेजको निर्णायक गोलमा एट्लेटिको शीर्ष स्थानमा फर्कियो

काठमाडौं । लुइस सुआरेजले खेलको अन्तिम समयमा निर्णायक गोल गरेपछि अलेभजलाई पराजित गर्दै एट्लेटिको मड्रिड स्पानिस ला लिगाको शीर्ष स्थानको उक्लेको छ ।

अलाभेजलाई २-१ ले पराजित गर्दै एट्लेटिको २४ घण्टा नबित्दै एट्लेटिको शहरी प्रतिद्वन्दी रियललाई पछि पार्दै शीर्ष स्थानमा फर्किएको हो ।

४१औं मिनेटमा मार्कोस लरेन्टेले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । ६३औं मिनेटमा भिक्टोर लागुएर्डियले रातो कार्ड पाएपछि अलाभेज १० खेलाडीमा झरेको थियो । ८४औं मिनेटमा एट्लेटिकोका फेलिपेले आत्मघाती गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।

९०औं मिनेटमा लुइस सुआरेजले निर्णायक गोल गरेपछि एट्लेटिको २-१ ले विजयी भएको हो ।

जितपछि १५ खेलबाट ३८ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको एट्लेटिकोले रियललाई २ अंकले पछि पारेको छ ।

एट्लेटिको भन्दा रियलले अझै २ खेल बढी खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment