+
+

होटल निर्माण गरेपछि समस्यामा परे सोनु सुद

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २३ गते १४:१४

लकडाउनको समयमा प्रवासी मजदुरहरुलाई घरसम्म पुर्याएर चर्चामा आएका बलिउड कलाकार सोनु सुद समस्यामा परेका छन् । उनले ६ तलाको विल्डिङमा विना अनुमती होटल बनाएपछि बीएमसीले नोटिस पठाएको छ । तर, सोनुले नोटिसलाई पनि वेवास्ता गर्दै गैरकानुनी रुपमा होटल बनाइरहेको आरोप लागेको छ ।

बीएमसीले एबी नायर रोडमा रहेको शक्ति सागर विल्डिङमा सोनुले अनुमती विना नै होटल बनाएको उल्लेख गरेको छ । जबकी, यो विल्डिङलाई व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न नपाइने बीएमसीको भनाई छ ।

भारतीय मिडियाका अनुसार, सोनुलाई नोटिस पठाएपछि पनि उनले काम रोकेका छैनन् । बीएमसीका अधिकारीहरुले भारतीय मिडियालाई बताए अनुसार, सोनु मुम्बइको अदालतमा पनि पुगेका थिए । उनले, बीएमसीले पठाएको नोटिसका विरुद्ध अन्तरिम आदेशको माग गरेका थिए ।

तर, मुम्बइको अदालतले उच्च अदालतमा निवेदन दिन ३ हप्ताको समय दिएको थियो । तर, सोनुले अझै अवैध निर्माण हटाएका छैनन् । बीएमसीको पत्र प्राप्त गरेपछि प्रहरीले यस बिषयमा छानविन गर्ने तयारी गरेको भारतीय मिडियाले बताएका छन् । सोनु सुदले भने बीएमसीको आरोपलाई गलत भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?