२४ पुस, काठमाडौं । भारतविरुद्धकाे तेस्राे टेष्टकाे दाेस्राे दिनको समाप्तिमा अस्ट्रेलियाले २४२ रनकाे अग्रता बनाएकाे छ ।
अस्ट्रेलियाले पहिलाे इनिङ्समा ३३८ रन बनाएपछि दाेस्राे दिनमै पहिलाे इनिङ्स सुरु गरेकाे भारतले २ विकेट गुमाएर ९६ रन बनाएकाे हाे ।
भारतका चेतेश्वर पुजारा ९ र कप्तान अजिन्का रहानले ५ रनमा अविजित छन् । ओपनर शुभमन गिलले ५० रन बनाए भने राेहित शर्माले २६ रन बनाए ।
अस्ट्रेलियाका जाेस हेजलउड र प्याट कमिङ्सले १-१ विकेट लिए ।
त्यसअघि स्टिभ स्मिथले शतकिय ईनिङ्स खेल्दा अस्ट्रेलियाले तीन सय भन्दा माथिकाे स्काेर बनाएकाे थियाे । स्मिथले १३१ रन बनाए । यस्तै मार्नुस लाबुसचेनले ९१ रन जाेडे । भारतका रविन्द्र जडेजाले ४ तथा जसप्रित बुमराह र नवदीप सैनीले २-२ विकेट लिए ।
प्रतिक्रिया 4