७ माघ, काठमाडौं । शहाब आलम र आकाश चन्दले उत्कृष्ट बलिङ गरेपछि प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले प्रदेश एकलाई १३१ रनमै अलआउट गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको प्रदेश एकले ४०.१ अभरमा सबै विकेट गुमाएर १३१ रन बनाएको हो ।
प्रदेश १ का लागि विवेक मेहेताले अर्धशतक बनाए । उनले ८३ बल खेल्दै ७ चौका र १ छक्काको मद्दतमा ५० रन बनाए । यस्तै फिर्दोस अन्सारीले ३२, दीपक पासवानले १९ र दिपेश कँडेलले ११ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् ।
प्रदेश एकलाई अलआउट गर्न बलिङतर्फ आर्मीका लागि शाहव आलमले सर्वाधिक ४ विकेट लिए । ९.१ ओभर बलिङ गरेका उनले ३ मेडन राख्दै २३ रन खर्चे ।
यस्तै आकाश चन्दले ७ ओभरमा ३ मेडन राख्दै १५ रन खर्चेर ३ विकेट लिए । सुशन भारी, भिम सार्की र राजेश पुलामीले समान १-१ विकेट लिए ।
प्रतिक्रिया 4