९ माघ, काठमाडौं । मदन भण्डारी स्पोर्टस् एकेडेमी त्रिभुवन विश्वविद्यालयले माघ १४ देखि १६ गतेसम्म फुटसल प्रतियोगिता आयोजना गरेको छ ।
महिला र पुरुष दुबै इभेन्टमा हुने फुटसल प्रतियोगिताका लागि एकेडेमीले शुक्रबारदेखि टिम दर्ता खुला गरेको छ । माघ १३ गतेसम्म टिम दर्ता गर्न सकिने आयोजक संस्थाका मदन विष्टले जानकारी दिए ।
कीर्तिपुर ट्याङ्लाफाँटको कृनगर फुटसलमा हुने प्रतियोगिता पहिलो हुनेले १५ हजार र दोस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउनेछ ।
फुटसल टिमका खेलाडी त्रिवि कीर्तिपुर क्याम्पसका विद्यार्थी हुनुपर्नेछ ।
प्रतिक्रिया 4