+
+

रामकुमारीको गिरफ्तारीपछि आक्रोशित युवाले गृहमन्त्रीको राजीनामा मागे

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २९ गते १३:५१

२९ माघ, काठमाडौं । युवा नेत्री रामकुमारी झाँक्रीको गिरफ्तारीपछि आक्रोशित युवाहरुले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा मागेका छन् ।

शंखमुलस्थित झाँक्रीको निवासबाट नाराबाजी गर्दै बानेश्वर चोकतर्फ निस्केका युवाहरुले रामकुमारी झाँक्रीलाई रिहाईको माग गर्दै गृहमन्त्रीको राजीनामा मागेका हुन् ।

आक्रोशित युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि नाराबाजी गरेका छन् ।

प्रहरीले झाँक्रीलाई राज्यविरुद्धको कसुर अन्तरगत पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको आरोपमा उनलाई राज्यविरुद्धको अभियोग लगाइएको हो ।

राज्यविरुद्धको कसूर दफा ५८ मा राष्ट्रपति वा संसदलाई धम्की दिएमा राज्यविरुद्धको कसूर मानिने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?