+

गोलकिपर किरणलाई ‘प्लेअर अफ दि मन्थ अवार्ड’

२०७७ फागुन  २२ गते १०:१८ २०७७ फागुन २२ गते १०:१८
गोलकिपर किरणलाई ‘प्लेअर अफ दि मन्थ अवार्ड’

२२ फागुन काठमाडौं । नेपाली नम्बर वान गोलकिपर किरण चेम्जोङले भारतमा भइरहेको आई लिगमा प्लेअर अफ दि मन्थको अवार्ड जितेका छन् ।

राउण्ड ग्लास पञ्जाव एफसीबाट आई लिग खेलिरहेका किरणले फेब्रुअरी मन्थको लागि प्लेअर अफ दि मन्थ अवार्ड जितेका हुन् । यस्तै उनी टिम अफ दि मन्थमा पनि पर्न सफल भएका छन् ।

पञ्जावका लागि किरणले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । पहिलो चरणको लिगमा १० खेल खेल्दा उनले ६ खेलमा क्लिनसिट राखेका थिए ।

यस्तै उनले नियमित कप्तान विक्रमजित सिंहको अनुपस्थितिमा केही खेलमा कप्तानीसमेत गरेका थिए ।

किरणले प्लेअर अफ दि मन्थ अवार्ड पाएपछि आफ्नो करियरमा यो अर्को महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।

उनले यसका लागि टिमको सबै सदस्यको योगदान रहेको भन्दै सबैलाई धन्यवाद दिएका छन् ।

यस्तै कोच अफ दि मन्थको अवार्ड पनि पञ्जावकै कर्टिस फ्लेमिङले जिते ।

 

किरण चेमजोङ गोलकिपर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय