+

तेक्वान्दो खेलाडी छनोट प्रतियोगिता : सुलभ र सुस्मा बेस्ट फाइटर

२०७७ चैत  १ गते ७:१४ २०७७ चैत १ गते ७:१४
तेक्वान्दो खेलाडी छनोट प्रतियोगिता : सुलभ र सुस्मा बेस्ट फाइटर

१ चैत फागुन, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको आयोजना, गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजन तथा इस्टपोल उच्च मावीको सहआयोजनामा भएको गोकर्णेश्वर नगर तेक्वान्दो खेलाडी छनोट प्रतियोगितामा सुलभ तामाङ र सुस्मा राई बेस्ट फाइटर भएका छन् ।

इस्ट स्कुलमा शनिवार भएको एक दिने छनोट प्रतियोगितामा सुलभ पुरुषतर्फ र सुस्मा महिलातर्फ बेस्ट घवषित भएका हुन् ।

गोकर्णेश्वर नगरपालिकामा छरिएर रहेका तेक्वान्दो खेलाडीको वृद्धि र विकासको लागि छनोट प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा १६० खेलाडी सहभागिता जनाएका थिए भने पुम्सेतर्फ २ र गेरोगीतर्फ १७ गरी कूल १९ विधामा प्रतिस्पर्धा भएको थियो ।

जसमा गैरिगाउँ डोजाङ टिमले पहिलो स्थान हात पार्‍यो । यस्तै सुन्ताखान स्कुल दोस्रो र चामुन्डा स्कुल तेस्रो भयो ।

अब गोकर्णेश्रको स्थासीबासी खेलाडीहरुको सेलेक्सन गरिने र उनीहरुलाई क्याम्पमा राखेर प्रशिक्षण गराइने आयोजकले जनाएको छ ।

तेक्वान्दो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय