२ चैत, काठमाडौं । स्पानिस ला लिगामा सेभियाले रियल बेटिसमाथि साँघुरो जित हात पारेको छ । युसुफ एन नेसरीले पहिलो हाफमा गरेको एकमात्र गोल मद्दतमा सेभियाले बेटिसलाई १-० ले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा नेसरीले २७औं मिनेटमा गोल गरेका थिए ।
जितपछि २६ खेलबाट ५१ अंकसहित सभिया चौथो स्थानमै यथावत छ । सेभिया शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा १२ अंकले पछि छ ।
प्रतिक्रिया 4