Comments Add Comment

कोभिड खोपमा आफूहरुलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीसँग निजी क्षेत्रको माग

६ चैत, काठमाडौं । निजी क्षेत्रले कोभिड खोपको अभियानलाई प्राथमिकतामा राख्न  प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ ।

शुक्रबार बालुवाटारमा आयोजित भेटमा बोल्दै निजी क्षेत्रका सबै संघ संस्थाका प्रतिनिधिले उद्योग तथा व्यवसायी क्षेत्रमा आवद्धलाई तत्काल कोभिड खोप दिनु पर्ने बताए । कोभिड प्रभावित अर्थतन्त्र पुरानै अवस्थामा फर्किने क्रममा रहेको भन्दै उनीहरुले अति प्रभावित क्षेत्रमा सरकारले थप पहल गर्नु पर्नेमा जोड दिए ।

पछिल्लो आर्थिक सूचाकांकहरु हेर्दा अर्थतन्त्र सुधारको बाटोमा देखिएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले लघु र घरेलु उद्योगहरु अझै समस्यामा रहेको बताए । उद्योग तथा व्यवसायीक क्षेत्रलाई कोभिड खोपमा प्राथमिकतामा राखे औद्योगिक वातावरण अझै सुमधुर हुने उनको भनाइ थियो ।

कोभिड व्यवस्थापनमा सरकारले गरेको काम सरहानीय भएको तथा कोभिड पिडित उद्योगी व्यवसायीलाई तंग्रिने बनाउन बजेट र मौद्रीक नीतिले सहजीकरण गरेको अध्यक्ष गोल्छाको भनाइ थियो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसांघका उपाध्यक्ष विष्णु अग्रवालले सरकारले औद्योगिक वातावरणका लागि जोडदार ढंगबाट काम गर्नु पर्नेमा जोड दिए । उद्योगी व्यवसायीलाई काम गर्ने वातावरण बनाउन कानुनी सहजीकरण गुर्न पर्ने अग्रवालको भनाइ थियो । उद्योगी व्यवसायीलाई दोषी प्रमाणित नभई हत्कडी लगाउने काम बन्द गर्न पनि उनले आग्रह गरे ।

कोभिडले प्रभावित भएको उद्योग व्यवसायलाई सरकारले प्राथमिकतामा राखेर काम गर्नु पर्नेमा परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । उद्योग र व्यवसालाई पुरानै अवस्थामा फर्काउन सरकारले कोरोना खोपको प्राथमिकतामा औद्योगिक क्षेत्रलाई राख्नु पर्ने माग शर्माले गरे ।

कोभिडले थलिएको अर्थतन्त्रलाई उकास्न सरकारले अझै धेरै काम गर्नु पर्ने नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले जोड दिए । उद्योग र व्यवसाय गर्न प्रतिकुल हुने कानुनी व्यवस्थाहरु सहजकीकरण गर्न र दोषी नै नभई उद्योगी र व्यवसायीलाई कारबाही गरेर चर्चा कमाउने काम बन्द गर्न उनले प्रधानमन्त्रीसँग आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment