९ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सात प्रदेशमा ‘हाइ परफरमेन्स क्रिकेट क्लिनिक’ कार्यक्रमको आयोजना गर्ने भएको छ । क्यानले राष्ट्रिय खेलकुद परिषद (राखेप) सँगको सहकार्यमा सातै प्रदेशमा ‘हाइ परफरमेन्स क्रिकेट क्लिनिक’ को आयोजना गर्ने जनाएको छ ।
क्यानले मार्च र अप्रिल भित्र सातै प्रदेशमा यश कार्यक्रम संचालन गर्ने जनाएको छ । चार दिने क्रिकेट क्लिनिकमा सहभागीलाई राष्ट्रिय टिमका मुख्य प्रशिक्षक डेभ वाटमोरले प्रशिक्षण दिने छन् ।
क्रिकेट क्लिनिकको मार्च २४ देखि सुरुवात प्रदेश-१ बाट हुनेछ । क्रिकेट क्लिनिकका लागि सात प्रदेशका प्रशिक्षक स्थानीय खेलाडीहरु छनोट गर्ने छन् ।
प्रतिक्रिया 4