+
+

दिल्लीमा हप्तामा दुई दिन कर्फ्युको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २ गते १५:०२

२ वैशाख, काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हरेक हप्ता शनिबार र आइतबार कफ्र्यु लगाउने घोषणा गरेका छन् ।

बिहीबार केजरीवाललले कोरोना भाइरस (कोभिड–१९)को चौथो लहर गम्भीर देखिएको भन्दै कडा निर्णय लिनुपरेको उल्लेख गरेका छन् । दिल्लीमा कोरोनाको संक्रमण पनि बढ्दो क्रममा रहेको उनको भनाइ छ ।

यद्यपि दिल्लीका अस्पतालमा भने बेडको कमी नभएको केजरीवालले बताएका छन् । उनका अनुसार अहिले दिल्लीका अस्पतालहरुमा पाँच हजारभन्दा धेरै बेड उपलब्ध छन् । उनले अस्पतालमा बेडको संख्या बढाउने प्रयास पनि आफूहरुले गरिरहेको केजरीवालले बताएका छन् ।

सप्ताहान्तमा धेरै मानिस मनोरञ्जनका लागि बाहिर जाने भएकाले उनीहरुलाई रोक्न कफ्र्युको निर्णय गरिएको केजरीवालले बताए । दिल्लीमा मानिसहरुलाई मास्क अनिवार्य गरिएको छ । सिनेमा हलमा ३० प्रतिशत मानिसहरुलाई मात्र अनुमति दिइनेछ ।

भारतको महाराष्ट्रमा पनि लकडाउन घोषणा नगरिए पनि लकडाउनमा जस्तो सामाजिक गतिविधिमा प्रतिबन्धको नियम लगाइएको छ । त्यस्तै कोरोना संक्रमण फैलिरहेका केही राज्यले सामाजिक गतिविधिमा कडाइको नियम ल्याएका छन् । भारतमा बुधबार एकैदिन दुई लाखभन्दा धेरै कोरोना संक्रमित फेला परेका थिए ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?