+
+

माल्दिभ्स पुगेका बलिउड कलाकारमाथि भड्किइन् श्रुती

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ८ गते १४:०५

भारतमा कोरोनाको दोश्रो लहरले भयावह रुप लिइरहेको छ । दैनिक ३ लाख हारहारीमा कोरोना संक्रमित भेटिएका छन् । दैनिक २ हजार भन्दा धेरैको निधन भएको छ ।

यस्तो अवस्थामा बलिउडका केही कलाकार भने होलिडे मुडमा देखिएका छन् । उनीहरु, बिदा मनाउन माल्दिभ्स पुगेका छन् । माल्दिभ्स पुगेर रमाइलो गरिरहेको तस्वीर कलाकारले सामाजिक संजालमा पोष्ट गरेपछि यसको ट्रोल भैरहेको छ ।

बलिउड नायिका श्रुती हसनले पनि कलाकारको यस्तो क्रियाकलापलाई लिएर आलोचना गरेकी छिन् । उनले एक मिडियासँगको कुराकानीमा भनिन्–‘सुनेर खुशी लाग्यो कि, उनीहरुको होलिडे विशेष रहन पुग्यो । तर, मलाई व्यक्तिगत रुपमा लाग्दैन कि यो मास्क उतारेर पुलमा जाने समय हो । यो सबैका लागि मुश्किल समय हो । अझ, केही मानिसहरुका लागि त झनै मुश्किल परिरहेको छ । आफूलाई सजिलैसँग मिलेको सुविधाका लागि आभारी हुन आवश्यक छ । तर, सो सुविधामाथि टेकेर अरुको मुखमा मार्नु गलत हो ।’

यतिबेला बलिउडका कलाकारहरु रणवीर कपुर, आलिया भट्ट, टाइगर श्राफ, दिशा पटानी, दिपिका पादुकोण, रणवीर सिंह लगायत माल्दिभ्समा होलिडे मनाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?