+

कतार उड्यो नेपाली फुटबल टोली, उतैबाट कुवेत जाने

२०७८ जेठ  १२ गते ६:४३ २०७८ जेठ १२ गते ६:४३
कतार उड्यो नेपाली फुटबल टोली, उतैबाट कुवेत जाने

१२ जेठ, काठमाडौं । इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप क्वालिफायर/एसियन कप क्वालिफायरको लागि नेपाली फुटबल टोली कतार प्रस्थान गरेको छ ।

२३ खेलाडी र १२ अफिसियलसहित ३५ जनाको टोली गएराति १० बजे कतार एअरवेजको विशेष उडानमार्फत प्रस्थान गरेको हो ।

नेपाली टोली मंगलबार कतारको दोहा पुग्ने र बुधबार त्यहाँबाट इराक प्रस्थान गर्ने एन्फाले जनाएको छ ।

नेपाली टोली यस पटक सुटेड बुटेड भएर गएका छन् । यसअघि अखिल नेपाल फुटबल संघले टोलीलाई ट्रयाकसुट लगाएर पठाउने गरेको थियो । धेरै समयपछि खेलाडीहरुले कोट लगाएर गएका हुन् ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर टोलीलाई बिदाई गरेको थियो । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव रमेश कुमार सिलवाल पनि टोलीसँगै गएका छन् ।

नेपालले यही जेठ १५ गते इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ र विश्वकप छनोटका तीन खेल खेल्न कुवेत जानेछ । जहाँ नेपालले जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ ।

समूह ‘बी’ मा रहेको नेपाले यसअघि ५ खल खेल्दा १ जितबाट ३ अंक जोडेको छ ।

को-को छन् नेपाली टिममा ?

गोलकिपर: किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की

डिफेन्डर: रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास

मिडफिल्डर: विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरजज्यु ठकुरी, पुजन उपरकोटी, आयुष घलान

फरवार्ड: अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा

अफिसियलहरु

मुख्य प्रशिक्षक : अबदुल्लाह अलमुताइरी

प्रशिक्षक : किरण श्रेष्ठ

गोलकिपिङ प्रशिक्षक : विकास मल्ल

फिजियो : आविष्कार पुडासैनी

अन्य अफिसियलहरु

मधुसुदन उपाध्याय

रमेश कुमार सिलवाल

शिक्षित पराजुली

शिरिष राजभण्डारी

विकास गुरुङ

सैलेन्द्र अधिकारी

हिम विक्रम केसी

कृष्ण भक्त मानन्धर

फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय