१५ जेठ, काठमाडौं । इराकविरुद्ध आज राति हुने मैत्रीपूर्ण फुटबल खेलमा नेपालका दुई खेलाडीले डेब्यु गर्दैछन् । डिफेण्डर गौतम श्रेष्ठ र मिडफिल्डर मनिष डाँगीले पहिलो पटक सिनियर टिममा खेल्न लागेका हुन् ।
यी दुईसहित ६ खेलाडी पहिलो पटक राष्ट्रिय टिममा परेका हुन् । इराकविरुद्ध नेपाल ४–३–३ को फर्मेसनमा खेल्दैछ । जसमा गोलकिपरमा कप्तान किरणकुमार लिम्बु छन् भने डिफेन्समा गौतमसँगै रोहित चन्द, अनन्त तामाङ र सुमन अर्याल छन् ।
यस्तै मिडफिल्डमा मनिषसँगै पुजन उपरकोटी र सन्तोष तामाङ छन् । विङ्समा अन्जन विष्ट र सुमन लामा तथा स्ट्राइकरमा नवयुग श्रेष्ठ छन् ।
प्रतिक्रिया 4