१३ असार, काठमाडौं । आइतबार खेलाडी, प्रशिक्षक र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कर्मचारीले कोरोना भाइरस (कोभिड– १९) विरुद्धको खोप लगाएका छन् ।
नेपाल खेलकुद महासंघ (नोकोस) को पहलमा दुई सय जनालाई खोप प्रदान गरिएको महासचिव मेघराज पौडेलले जनाएका छन् । खोप लगाउनेमा अधिकांश खेलाडी थिए ।
महासंघले पहिलो मात्रा पनि नलगाएका खेलाडीलगायतलाई खोप उपलब्ध गराएको खोप अभियानका संयोजक एवं नेकोसका उपाध्यक्ष समेत रहेका राखेपका सदस्य सुभाष श्रेष्ठले जानकारी दिए ।
त्रिपुरेश्वरस्थित राखेप हातामा रहेको खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रमा सम्बन्धितलाई खोप लगाइएको हो । यसअघि महासंघले अग्रपंक्तिमा रहेर कार्य सञ्चालन गर्नुपर्ने विभिन्न क्षेत्रलाई स्वस्थ्य सामाग्री प्रदान गरिसकेको छ ।
प्रतिक्रिया 4