Comments Add Comment

महानन्द सापकोटा सम्मान डा.शंकर सुब्बालाई

१८ असार, काठमाडौं। महानन्द सापकोटा साहित्य साधक सम्मानु यस वर्ष डा.शङ्कर सुब्बा फागोलाई प्रदान गरिएको छ ।

फागोले आफ्नो विद्यावारिधिको उपाधि भाषासेवी साहित्यकार महानन्द सापकोटाबारे गरिएको शोधमार्फत पाएका हुन् ।

उक्त सम्मान घोषणा जुम मिटिङअन्तर्गत घोषणा गरिएको गुठीकी संरक्षक-संस्थापक सीता बस्नेत सापकोटाले जानकारी दिएकी छिन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज–ड्यालससँगको सहकार्यमा महानन्द सापकोटा साहित्यसाधक सम्मान प्रायोजन गर्न पाएकोमा म र सम्पूर्ण सापकोटा परिवार हर्षित छौं, उनले भनेकी छिन्, ‘कुनै न कुनै रुपले नेपालको भाषा, साहित्य र सँस्कृतिसँग जोडिन पाएका छौं ।’

डा.फागोले सापकोटामाथि शोध मात्रै गरेका छैनन्, उनले आफ्नो जीवन भाषा अध्यापनमै समर्पित गरेका छन् । केही वर्षअघि अध्यापन पेशाबाट निवृत्त भएका फागोका दुई वटा कथा सङ्ग्रह पनि प्रकाशित छन्– ‘एउटा हत्या नभएको हत्या’ र ‘बग्दाबग्दै जीवनसँग’ ।

यसअघि उक्त सम्मानद्वारा दुर्गालाल श्रेष्ठ, बसन्त थापा, गोविन्द वर्तमान (मरणोपरान्त), किशोर नेपाल, किरण खरेल र नेपाली शिक्षा परिषद् विभुषित भईसकेका छन् । महानन्द सापकोटा साहित्य गुठी अन्तर्गत् सन् २०१२ मा यो पुरस्कार स्थापना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment