+
+

ज्‍यान मार्ने मुद्दाका फरार व्‍यक्ति चितवनबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २७ गते १६:४०

२७ असार, अर्घाखाँची । प्रहरीले घरमा आगो लगाइ ज्‍यान मार्ने उद्योग मुद्दामा फरार रहेका व्‍यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भूमिकास्थान नगरपालिका-३का ३९ वर्षीय रबि भन्‍ने तुल बहादुर बन्जाडे रहेका छन् ।

बन्जाडेलाई जिल्ला अदालत अर्घाखाँचीले २०७३ साल वैशाख ७ गते आगो लगाइ ज्‍यान मार्ने उद्योग मुद्दामा ३ वर्ष १० महिना २८ दिन कैद सुनाएको थियो ।

भरतपुर महानगरपालिका वडा-११ अमन चोकमा लुकीछिपी बस्‍दै आएका अवस्थामा उनलाई पक्राउ गरी जिल्ला कारागार कार्यालय अर्घाखाँचीमा चलान गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?