Comments Add Comment

‘निजगढ सिटीकप’मा बागमती प्रदेश बन्‍यो टिम विजेता

१ साउन, बारा । बाराको निजगढ-२ सिंगौलमा असार २९ देखी ३१ सम्म आयोजित ‘निजगढ सिटीकप’ मार्शल आर्टस् फेस्टिबलमा बागमती प्रदेश टिम विजेता बनेको छ ।

मार्शल आर्टस् फेस्टिबल अन्तर्गत पुरुष खुल्ला आइटिएफ तेक्वान्दोमा बागमती प्रदेशका निराजन दिम्बम र महिला खुल्ला फुल कन्ट्र्याक्ट कराँतेमा तारा घलानले स्वर्ण जितेर नगद ५० हजार हात पारेकी छन् ।

त्यस्तै आइटिएफ तेक्वान्दो तर्फ प्रदेश नं.१ का मिशन तामाङले रजत पदक हात पार्दै २५ हजार नगद जितेका छन् भने प्रदेश १ कै आशिष श्रेष्ठले कास्य पदक जित्दै नगद १० हजार पाएका छन् ।

फुल कन्ट्र्याक्ट करातेतर्फ २ नम्बर प्रदेशकी निसिदा आलेले रजत पदक जिति नगद २५ हजार पाउन सफल भइन् भने २ नम्बर प्रदेशकै स्नेहा महतो र बागमती प्रदेशकी सोनु तामाङले कास्य जित्‍दै नगद १० हजार पाउन सफल भए ।

प्रतियोगितामा ७ प्रदेश र आयोजकबाट खेलाडी, कोच, टिम मेनेजर, रेफ्रि र जुरीगरी १३२ जना सहभागिता रहेको नेपाल तेक्वान्दो महासंघका अध्यक्ष एवं आयोजक कमिटीका सभापति दीनेश शर्माले जानकारी दिए ।

त्यस्तै विशेष मनोरन्जन विधामा समावेश गरिएको ८०० मिटर बुहारी दौडमा निजगढ २, सिंगौलकी अन्जु घिसिङ प्रथम भइ नगद १५ हजार हात पार्न सफल भइन् भने वडा नं. २ कै मिन कुमारी साहीले द्धितीय स्थान हासिल गरी नगद १० हजार जित्न सफल भइन् ।

यस्तै तृतीय स्थान निजगढ ३, सिंगौलकै पूर्णिमा थिङले जित्न सफल भइन्। उनले नगद ५ हजार पाइन् । दौड प्रतियोगीतामा ३० जनाको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment