+

ब्राजिलियन फुटबलर मार्टाले बनाइन् ओलम्पिकमा कीर्तिमान

२०७८ साउन  ६ गते १७:३५ २०७८ साउन ६ गते १७:३५
ब्राजिलियन फुटबलर मार्टाले बनाइन् ओलम्पिकमा कीर्तिमान

६ साउन, काठमाडौं । ब्राजिलियन फुटबलर मार्टाले ओलम्पिक फुटबलमा नयाँ कीर्तिमान बनाएकी छन् । टोकियो ओलम्पिकअन्तर्गत बुधबारदेखि शुरु भएको महिला फुटबल अन्तर्गत चीनविरुद्ध गोल गर्दै उनले कीर्तिमान बनाइन् । मार्टा लगातार पाँच ओलम्पिकमा गोल गर्ने महिला र पुरुषमै पहिलो खेलाडी बनेकी हुन् ।

समूह एफ अन्तर्गत चीन विरुद्धको खेलमा ब्राजिल ५–० ले विजयी हुँदा मार्टाले दुई गोल गरिन् । योसँगै उनले ओलम्पिकमा गरेको गोल संख्या १२ पुगेको छ । मार्टाले सन् २००४ देखि २०२० को ओलम्पिकसम्म गोल गरेकी हुन् ।

ओलम्पिकमा सर्वाधिक गोल गर्नेमा उनी आफ्नै देशकी क्रिस्टियनभन्दा दुई गोलले पछि छिन् । क्रिस्टियनले २००४ देखि २००६ सम्म खेल्दा १४ गोल गरेकी छन् ।

३५ वर्षीया मार्टाले सन् २००२ मा ब्राजिलका लागि डेब्यु गरेकी थिइन् । चीन विरुद्धको खेलपछि उनले ब्राजिलका लागि १६०औं खेल खेल्दै १११ गोल गरिसकेकी छन् । उनी ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडी समेत हुन् ।

यस्तै ब्राजिलियन मिडफिल्डर फोर्मिगा सबैभन्दा पाको उमेरमा ओलम्पिक खेल्ने खेलाडी बनेकी छिन् । उनले सन् १९९६ देखि लगातार ओलम्पिक खेल्दै आएकी छन् । फोर्मिगाले लगातार सातौं पटक ओलम्पिक खेलिरहेकी छन् ।

ओलम्पिक फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय