१७ साउन, काठमाडौं । ए डिभिजन क्लब थ्री स्टारले आगामी शहीद स्मारक ए डिभिजन लिगका लागि दोना थापालाई अनुबन्ध गरेको छ ।
ललितपुरे क्लब थ्री स्टारले दोनालाई आइतबार एक वर्षको लागि अनुबन्ध गरेका जनाएको छ । अनुबन्ध रकम राम्रै रहेको भएपनि खुलाइएको छैन ।
दोनाले पछिल्लो पटक मनाङ मर्स्याङ्दी क्लबबाट ए डिभिजन लिग खेलेका थिए । चोटका कारण त्यसपछि करीब दुई वर्ष फुटबलबाट टाढा रहेका दोनाले गत वर्ष श्री भगवतीबाट बी डिभिजन लिग खेलेका थिए ।
यस्तै गत वैशाख-जेठमा भएको नेपाल सुपर लिग ललितपुर सिटी फुटबल क्लबबाट खेलेका थिए ।
प्रतिक्रिया 4