Comments Add Comment

त्रिवि शिक्षण अस्पताल

List Grid
शिक्षण अस्पतालमा मुसा, उडुस, उपियाँ र साङ्ला नियन्त्रण गर्न टेण्डर आह्वान

२९ साउन, काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले मुसा, उडुस, उपियाँ साङ्ला आदि नियन्त्रणको लागि टेण्डर आह्वान गरेको छ । अस्पताल प्रशासनका अनुसार अस्पतालको विभिन्न विभागमा मुसा, उडुस, उपियाँ र साङ्ला आदि नियन्त्रण गर्नु परेकाले टेण्डर आह्वान गर्नुपरेको हो । अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले यो नियमित र पुरानो प्रक्रिया भएको बताए । शिक्षण अस्पताल […]

त्रिवि शिक्षण अस्पताललाई अष्ट्रेलियाबाट स्वास्थ्य उपकरण सहयोग

२३ असार, अष्ट्रेलिया । अष्ट्रेलियाले त्रिवि शिक्षण अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरेको छ । नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलीसिटी वोल्कले मंगलबार करीब ४१ लाख बराबरका स्वास्थ्य उपकरणहरु त्रिभुवन विश्वबिद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका डिन, प्रा.डा. दिव्या सिंह शाह र त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभागका डा. समारिका दाहाललाई हस्तान्तरण गरेकी हुन् । अष्ट्रेलिया अवार्डस् अल्मुनाई ग्राण्टबाट दुई […]

शिक्षण अस्पतालमा ६ घण्टा : सलाम स्वास्थ्यकर्मी !

६ जेठ, काठमाडौं । त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सीमा ६२ वर्षीय कोरोना संक्रमित पीडाले छट्पटाइरहेका छन् । बर्बराउँदै मुखको अक्सिजन मास्क हातले झट्कार्दा उनी बेडबाट खसे । ‘ठीक हुँदै जानुभएको छ बुवा, नअत्तालिनुस्’ पीडाले अनियन्त्रित बिरामीलाई मुश्किलले बेडमा राख्दै ड्युटी नर्सले भनिन्, ‘शान्त हुनुस् त बुवा, तपाईंलाई एकैछिनमा आईसीयूमा सार्छौं ।’ इमर्जेन्सी कक्षमा सबैको ध्यान त्यतै […]

बेड पाइहालिन्छ कि !

२६ वैशाख, काठमाडौं । वैशाख महिना । महाराजगञ्ज वरपर ज्याकारान्डाको फूल ढपक्कै फूलेको छ । लकडाउन गरिएकाले भौतिक वातावरण निकै शान्त छ । कोलाहल र धुलोधुवाँ प्राय कम छ । तर यहीबेला महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल परिसर भने निकै अशान्त छ, व्यग्र छ । बढ्दो कोरोना संक्रमणका कारण यहाँको कोरोना वार्ड र आईसीयू भरिएको […]

अस्पतालहरूलाई संक्रमितको चाप थेग्न हम्मेहम्मे

२५ वैशाख, काठमाडौं । दिनदिनै कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमित हुनेहरुको संख्या बढिरहेको छ त्यसको चाप अस्पतालले थेग्नुपरेको छ । बिरामीको चाप बढेपछि कतिपय अस्पतालले भर्ना लिन नसक्ने घोषणा गर्न थालेका छन् । त्रिवि शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डा. सन्तकुमार दास पनि अस्पतालले थेग्न नसक्ने गरी चाप बढिसकेको बताउँछन् । अस्पतालमा २३० जना संक्रमित उपचाररत […]

त्रिवि शिक्षण अस्पताललाई महानगरको भेन्टिलेटर सहयोग

२५ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाकाले त्रिवि शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग गरेको छ । भेन्टिलेटरको अभावमा कोभिड संक्रमितको उपचारका लागि समस्या परेको बेला महानगरले सहयोग गरेको हो । भेन्टिलेटर हस्तान्तरण गर्न मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गीलगायतका जनप्रतिनिधि अस्पताल पुगेका थिए । कार्यक्रममा मेयर शाक्यले कोभिड १९ विरुद्ध लडाइँमा सबै नेपाली एकजुट भएर […]

त्रिवि शिक्षण अस्पतालमा भयो ११ महिने बालकको कलेजो प्रत्यारोपण

१ चैत, काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) मा ११ महिने शिशुको कलेजो प्रत्यारोपण भएको छ । शिक्षण अस्पतालका चिकित्सकहरुले शनिबार राति ८ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरेका हुन् । प्रत्यारोपणका लागि ती बालकलाई उनका ३५ वर्षका बाबुले कलेजो दान गरेका थिए । काभ्रे घर भएका ति बालकको डेढ महिनादेखि प्रत्यारोपणको लागि तयारी […]

त्रिवि शिक्षण अस्पतालका चिकित्सकमाथि भएको हातपातको विरोध

७ माघ, वीरगञ्ज । सोसाईटी अफ एनेस्थेसियोलोजिष्ट अफ नेपालले त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा डाक्टर सविन भण्डारी माथि गरिएको हातपातप्रति विरोध जनाएको छ । संस्थाका अध्यक्ष प्राध्यापक डाक्टर जेजु नाथ पोखरेल र महासचिव नविन्द्रराज विष्टले विज्ञप्ती जारी गर्दै डाक्टर भण्डारीप्रति गरिएको दुव्र्यवहार र हातपातप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् । उनीहरुले विज्ञप्तीमा नेपाल चिकित्सक संघले अस्वाभाविक […]

टिचिङमा डाक्टर कुटपिटमा संलग्न व्यक्ति पक्राउ

६ माघ, काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भएको कुटपिटमा संलग्न रहेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । कोभिड–१९ का कारण आईसीयूमा उपचाररत विरामीको मृत्युपछि भएको कुटपिटमा संलग्न ३६ वर्षीय कृष्णप्रसाद गौतमलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एसएसपी अशोक सिंहले अनलाइनखबरलाई बताए । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा राखेर गौतमसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । […]

त्रिवि शिक्षण अस्पताललाई काठमाडौं महानगरको साढे ७ करोड सहयोग

३० मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिवि शिक्षण अस्पताललाई सीटी स्क्यान मेसिन खरिदका लागि अनुदान दिने भएको छ । अस्पतालमा अत्याधुनिक सीटी स्क्यान मेसिन खरिदका लागि आर्थिक अनुदान दिने सम्बन्धमा मंगलबार सम्झौता भएको हो । उपप्रधानमन्त्री ईश्वर पोखरेलको उपस्थितिमा मेयर विद्यासुन्दर शाक्य र अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर दिनेश काफ्लेबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो […]

टिचिङमा वरियता मिचेर कार्यकारी निर्देशक नियुक्ति गरेकामा डा. केसीको आपत्ति

२५ भदौ, काठमाडौं । त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा वरियता मिचेर कार्यकारी निर्देशक नियुक्ति गरेको भन्दै चिकित्सक डा. गोविन्द केसीले विरोध जनाएका छन्‍ । त्रिवि कार्यकारी परिषदको मंगलबारको बैठकले अर्थोपेडिक सर्जन प्रा. डा. दिनेश काफ्लेलाई त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । हाल जुम्लामा रहेका केसील विज्ञप्ति मार्फत युक्त नियुक्ति आफूलाई स्वीकार्य नभएको बताएका […]

त्रिवि शिक्षण अस्पतालमा २ जना संक्रमितको मृत्यु

१७ भदौ, काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सविन थपलियाको अनुसार ७५ वर्षीय एक जना पुरुष र २० वर्षीया एक जना महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको हो । उनीहरु दुवै जनाको मंगलबार साँझ मृत्यु भएको हो । थपलियाका अनुसार ७५ […]

शिक्षण अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

१२ भदौ, काठमाडौं । त्रिवि शिक्षण असप्तालमा उपचारका क्रममा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको त्रियुगा नगरपालिकाका ५२ वर्षीय पुरुषको गत ९ गते मृत्यु भएको थियो । उनलाई ९ गते नै त्रियुगाबाट शिक्षण अस्पतालमा ल्याइएको थियो । सोही दिन स्वाब झिकेर उपचार थालिएकोमा बिहीबार राति मात्रै रिपोर्ट आएको हो । निमोनियाको […]

शिक्षण अस्पतालका थप ४ जना स्वास्थ्यकर्मीमा संक्रमण

३० साउन, काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा थप ४ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार इमर्जेन्सीमा कार्यरत ६ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि उनीहरुको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । त्यसमध्ये ४ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । हाल इमर्जेन्सी विभाग सिल गरिएको छ । नयाँ संक्रमित स्वास्थ्यकर्मी […]

शिक्षण अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण

१० जेठ, हेटौंडा । काठमाडौंका त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका– ४ हुप्रचौर घर भएकी ५४ वर्षकी महिलामा शुक्रबार कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको हो । मुुटु रोगको बिरामी ती महिलालाई हेटौंडा अस्पतालले एक साताअघि त्रिवि शिक्षण अस्पताल हाताको मनमोहन कार्डियो थोरासिक भास्कुलर […]

शिक्षण अस्पतालका चिकित्सकसहित ३८ जना क्वारेन्टाइनमा

१ जेठ, काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि उपचारमा संलग्न चिकित्सक, नर्स लगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । अस्पतालको न्यूरो वार्डमा उपचाररत बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई कपिलवस्तुबाट उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो । न्यूरो वार्डमा रहेका पाँच जना […]

त्रिवि शिक्षण अस्पतालमा कलेजोको सफल प्रत्यारोपण

१८ जेठ, काठमाडौं । त्रिभुवन विश्विद्यालय शिक्षण अस्पताल महराजगञ्जमा पहिलोपटक कलेजो प्रत्यारोपण सफल भएको छ। डा. रमेश सिंह भण्डारीको टोलीले शुक्रबार कलेजो प्रत्यारोपण गरेको हो । ३३ वर्षीया छोरीको कलेजो ५८ वर्षीय बाबुमा प्रत्यारोपण गरिएको अस्पताल प्रशासनले जनाएको छ । मानव अंग प्रत्यारोपण केन्द्रले झण्डै २ वर्षअघि कलेजो प्रत्यारोपण सेवा सुरु गरेको थियो । तर, त्यसलाई […]

त्रिवि शिक्षण अस्पतालभित्रै पूर्वकर्मचारीद्वारा आत्महत्या

२४ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन् । काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन् । अस्पतालभित्रको गणेशमानसिंह नाक, कान, घाँटी रहेको भवन पछाडि रहेको टहरोमा झुण्डिएको अवस्थामा आइतबार राति ८ बजे बोहराको शव फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका […]

फेरि अनसन बस्दै डा. केसी, प्रधानन्यायाधीशविरुद्ध लड्ने संकल्प

२४ पुस, काठमाडौं । आफ्नै अनसनका क्रममा बर्खास्त भएका डीनलाई अदालतले पुनर्वहाली गर्न आदेश दिएपछि डा. गोविन्द केसी फेरि अनसन बस्ने भएका छन् । उनले केहीबेरमा त्रिवि शिक्षण अस्पताल परिसरमा पत्रकार सम्मेलन गर्दैछन् । निकटवर्तीहरुका अनुसार डा. केसीले १४ औं अनसन सुरु भएको घोषणा गर्नेछन् । डा. केसीको दशौं अनसनका क्रममा बर्खास्त भएका डीन शशी […]

त्रिवि शिक्षण अस्पतालले स्टाफ नर्स माग्यो (सूचनासहित)

१७ वैशाख, काठमाडौं । महारागञ्जस्थित त्रिवि शिक्षण अस्पतालले ६० जना स्टाफ नर्सका लागि जागिर खुलाएको छ ।  चिकित्साशासत्र अध्ययन संस्थानको स्वीकृति लिएर अस्पतालले एक वर्षे अस्थायी दरबन्दीमा ६० जना स्टाफ नर्स मागेको हो । मान्यताप्राप्त शिक्षण संस्थाबाट नसिङमा प्रमाणपत्रतह पास गरेकाहरुले आवदेन दिन सक्नेछन् । ८ सय रुपैयाँ तिरेर दरखास्त आवेदन दर्ता गर्न सकिने अस्पतालले […]