Comments Add Comment

नेपाल ओलम्पिक कमिटी

List Grid
‘ओलम्पिक कमिटी नेकपाको भ्रातृ संगठन होइन’

४ भदौ, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (मंसिर १५-२४) नजिकिँदै जाँदा भौतिक पूर्वाधारको पिरलो बढ्दो छ । पूर्वाधारमा सरकारको काम गराई हेर्दा समयमै निर्माण सम्पन्न हुनेमा आश्वस्त हुन सकिँदैन । यही बीचमा दशैं-तिहार पनि पर्ने भएकाले तयारीका कामहरु प्रभावित बन्नेछन् । लामो समयदेखि निर्माणाधीन दशरथ रंगशाला सकिएको छैन भने पोखरा रंगशालाको काम […]

नेपाल ओलम्पिक कमिटीको नेतृत्व चुन्न मतदान जारी

२८ भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्व चुन्न मतदान जारी छ । सातदोबाटोस्थित कार्यालयमा पूर्वनिर्धारित समयभन्दा दुई घण्टा ढिलो मतदान सुरु भएको हो । निर्वाचनको पर्यवेक्षण अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाका प्रतिनिधिले गरेका छन् । नेपाल ओलम्पिक कमिटीको मतदाता २७ जना छन् । यसअघि नेपाल ओलम्पिक कमिटीको कार्यसमितिको निर्वाचन कार्यक्रम […]

नेपाल ओलम्पिक कमिटीको चुनाव आज, अध्यक्षमा जीवनराम र उमेशलाल भिड्दै

२८ भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटीको चुनाव शनिबार हुँदैछ  । अध्यक्ष पदका लागि तत्कालीन अध्यक्ष जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ । दोस्रो पटक अध्यक्ष पदका लागि उमेशलाल र जीवनराम आमनेसामने हुन लागेका हुन् । जीवनराम र उमेशलाल दुवै नेकपा निकट हुन् । महासचिव पदमा उमेशलालको प्यानलबाट पुरेन्द्रविक्रम लाखे र जीवनरामको प्यानलबाट निलेन्द्रराज […]

नेपाल ओलम्पिक कमिटीको निर्वाचन भदौ २८ गते

२६ भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्व चुन्न यही भदौ २८ गते निर्वाचन हुने भएको छ । सर्वोच्चले निर्वाचनको बाटो खोलिदिएपछि भदौ २८ गते बिहान ८ बजेदेखि सातदोबाटोस्थित कार्यालयमा निर्वाचन गर्न लागिएको हो । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाको पर्यवेक्षणमा निर्वाचन हुने जानकारी दिए […]

ओलम्पिक कमिटीको निर्वाचन गर्न सर्वोच्चले खोलिदियो बाटो

२२ भदौ, काठमाडौं । सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटीको निर्वाचनका लागि बाटो खोलिदिएको छ । निर्वाचन स्थगित गर्न माग गर्दै ओलम्पिक कमिटीका कार्यसमिति सदस्य कमलबहादुर चित्रकारले दायर गरेको रीटमा आइतबार दुबै पक्षसँग छलफल गरी न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलासले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गर्न नपर्ने निर्णय सुनाएको हो । यसअघि उक्त रीटमा […]

 ओलम्पिक कमिटीको चुनाव स्थगित, भदौ २२ पछि टुंगो लाग्ने

१९ भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को भोलि (शुक्रबार) हुने भनिएको चुनाव तत्कालको लागि स्थगित भएको छ । सर्वोच्च अदालतलेे गत मंगलबार एनओसीको चुनाव रोक्न अन्तरिम आदेश दिएसँगै भोलि हुने भनिएको चुनाव रोकिएको अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिएका छन् । कमल चित्रकारले एनओसीको चुनाव तत्कालको लागि बदर गर्न सर्वोच्च अदालतमा रिट हालेका थिए […]

ओलम्पिक कमिटीको चुनाव रोक्न सर्वोच्च अदालतको अन्तरिम आदेश

१७ भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटीको चुनाव तत्काल रोक्न सर्वोच्च अदालतलेे अन्तरिम आदेश दिएको छ । कमल चित्रकार भदौ २० गते हुने चुनाव तत्कालको लागि बदर गर्नमा गर्दै सर्वोच्च अदालत गएका थिए । अदालतले तत्काल चुनाव नगर्न अन्तरिम आदेश दिएको हो । न्यायाधीश टंकबहादुर मोक्तानले निर्वाचन रोकेर दुबै पक्षलाई २२ गते अदालतमा उपस्थित हुन […]

‘जीवनरामजीले मलाई ‘मिस्टर ट्रान्सपरेन्सी’ भन्नुभयो’

१७ भदौ, काठमाडौं । यही भदौ २० गते हुने नेपाल ओलम्पिक कमिटीको चुनावमा जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ अध्यक्षको प्रतिस्पर्धामा छन् । चुनावको चहलपहल बढिसकेको छ । ओलम्पिक कमिटीको नेतृत्वका लागि श्रेष्ठद्वय नयाँ प्रतिस्पर्धी होइनन् । २०७२ सालको चुनावमा उमेशलाललाई आठ भोटले पराजित गरेर जीवनराम अध्यक्ष चुनिएका थिए । त्यसबेला जीवनरामले १७ मत पाएका थिए […]