Comments Add Comment

लिपुलेक

List Grid
लिम्पियाधुराको प्रमाण संकलन गर्न विज्ञ समूह गठन

२९ जेठ, काठमाडौं । भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषयमा प्रमाण संकलन गर्ने जिम्मेवारी सरकारले डा. विष्णुराज उप्रेतीलाई दिएको छ । मन्त्रिपरिषद् बैठकले उप्रेतीको नेतृत्वका नौ सदस्यीय विज्ञ समूह गठन गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए । विज्ञ समूहमा सूर्यप्रसाद सुवेदी, रमेश ढुंगेल, विपिन अधिकारी, जगत भूसाल, तोयानाथ बराल, हिमालय थापा, […]

लिपुलेकमा चीनको पनि परीक्षाको बेला आयो

२१ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री भइसकेका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले मंगलबार राष्ट्रियसभामा नेपालका दुई छिमेकीको व्यवहारसँग केन्द्रित रहेर दिएको अभिव्यक्ति अर्थपूर्ण छ। उनले लिपुलेक मामिलामा चीनको ध्यानाकर्षण मात्र गराएका छैनन्, सन् २०१५ को भारतसँगको सम्झौताबाट पछि हट्नसमेत आग्रह गरेका छन् । देशभक्तिको मामिलामा नेपालका समकालीन शीर्षनेताहरूमध्ये नारायणकाजीको अडान विगत कम्तीमा तीन दशकयता लगातार एकै प्रकारको […]

नयाँ नक्सामा सुस्ता क्षेत्रको भूभाग स्पष्ट तोक्न माग

२१ जेठ, परासी । नेपाल सरकारले हालै सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा सुस्ता क्षेत्रको भू–भागसमेत स्पष्ट तोक्न सुस्तावासीले माग गरेका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा कुरा उठाउँदा सुस्ताको विषय पनि सरकारले उठाउनुपर्ने उनीहरुको माग छ । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), सुस्ता गाउँपालिका–५ सुस्ताको १४ हजार ५०० हेक्टर भारतले अतिक्रमित गरिसकेकाले नयाँ नक्सामा सुस्ताको क्षेत्रफल […]

चीनले लिपुलेक सहमती सच्याउनुपर्छः नारायणकाजी

२० जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले लिपुलेक प्रयोगबारे चीन र भारतबीच भएको सहमती सच्याउनु पर्ने माग गरेका छन् । ‘चीन र भारतबीच लिपुलेकको बारेमा भएको सम्झौताले नेपालको सार्वभौमिकता र अखण्डताको सम्मान गर्दैन, बरु अतिक्रमित गर्ने प्रवृत्तिलाई नै बल पुर्याउँछ,’ मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै श्रेष्ठले भने, ‘चीनलाई त्यो […]

‘सबै दल एकजुट भएर भूमि फिर्ता ल्याऊ’

डिसी । अमेरिकाको नेपालिज् एसोसियसन ईन साउथइष्ट अमेरिका (नासा)ले नेपाली भूभाग भारतले तत्काल फिर्ता गर्नुपर्ने माग गरेको छ । दुई देशबीचको भूमि सम्बन्धी विवाद यथाशीघ्र सभ्य र सौहार्द्रपूर्ण वातावरणमा राजनैतिक र कुटनैतिक तबरबाटै समाधान गर्न पनि नासाले माग गरेको छ । नासाका अध्यक्ष बिनय अर्याल र महासचिव कृष्ण श्रेष्ठले विज्ञप्तिमा जारी गर्दैै सो माग गरेका […]

ढुक्क छु, हाम्रो जमिन फिर्ता आयो आयो !

मैले यस लेखमा लिपुलेक, कालापानी र लिम्पियाधुरासम्मको जमिन फिर्ता पाउने दसी प्रमाण केही पनि प्रस्तुत गर्दिनँ । नेपालसँग यथेष्ट सत्यता छ। सत्यको बिजय निश्चित हुन्छ त्यसैले म ढुक्क छु , हाम्रो जमिन फिर्ता आयो आयो। तर, सार्वभौमसत्तामा त् जमिन र जनता दुवै निहीत हुन्छ, हुनुपर्छ। जीवनको प्रधान जरुरत भोक र निन्द्रा हुन् , त्यसका लागि […]

लिपुलेकको सवालमा जसपालाई राष्ट्रिय शक्ति बन्ने अवसर

भारतले लिपुलेकसहितको १९ किमी नेपाली भूमि अतिक्रमण गरी तिब्बतको मानसरोबरसम्म पुग्ने रणनीतिक र ब्यापारिक मार्ग खोलेपछि दुई देशबीचको सम्बन्धमा ठूलो दरार पैदा भएको छ । नेपालले अतिक्रमित भूमि फिर्ता गराउन नयाँ नक्सा कार्यान्वयनमा ल्याएर प्रारम्भिक प्रक्रिया सुरु गरेको छ भने भारतले आफ्नै भूमिमा सडक निर्माण गरेको आधिकारिक धारणा सार्वजनिक गरेको छ । नेपालले नयाँ नक्सा […]

संविधानमा नक्सा : अभ्यास र पाँच विकल्प

नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेतको भू-भाग समावेश गरी मुलुकको नक्सा प्रचलनमा ल्याउने र नक्सा सुधारको लागि संविधान संशोधनको प्रकृया अघि बढाउने निर्णय गरेको सार्वजनिक भएको छ। संविधानको अनुसूची-३ मा रहेको नेपालको निशान-छापमा राखिएको मुलुकको नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुराको क्षेत्र छुटेको तथ्य खुलेपछि यी क्षेत्रहरूसमेत समावेश भएको नक्सालाई संविधानमा राख्न संविधान संशोधन गर्न […]

विवाद सुरु भारतले गर्‍यो तर शालीन हुने दायित्व नेपालकै !

९ जेठ, काठमाडौं । दक्षिण एसियाको सबैभन्दा पुरानो देश नेपाल र भारतबीचको सीमा विवाद नयाँ होइन । तर, पछिल्लोपटक देखिएको विवादको सुरुवातकर्ता भने नेपाल नभएर भारत नै हो । भारतले ‘फायर’ नखोल्दासम्म नेपालीहरू नेपाल र अंग्रेज शासित भारतबीच भएको सुगौली सन्धिले रोपेको खिल सहेरै बसेका थिए । १६ कात्तिक २०७६ मा सर्वे अफ इन्डियाले नेपाली […]

नयाँ नक्सासँगै नेपालको क्षेत्रफल कति ?

७ जेठ, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बुधबार नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरिन् । मन्त्री अर्यालले सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसारको नक्सा सार्वजनिक गरेकी हुन् । २०३२ सालयता प्रयोग भइरहेको नेपालको नक्सामा पश्चिम लिम्पियाधुरा समेटिएको थिएन । जबकि दुई सय वर्षभन्दा पुरानो सुगौली सन्धिअनुसार लिम्पियाधुरा मुहान भएको […]

नयाँ नक्सा कुनै तमासा होइन, नेपाली भूमि फिर्ता ल्याइछाड्छौं : प्रधानमन्त्री

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय तमासाका लागि नगरेको बताएका छन् । यो नेपालको भू-भाग भएको र फिर्ता ल्याइछाड्ने उनले बताए । सरकारले नीति तथा कार्यक्रममा नयाँ नक्सा जारी गर्ने प्रतिबद्धता जनाएको थियो । त्यसअनुसार सोमबार मन्त्रिपरिषद् बैठकले नयाँ नक्सा पारित समेत गरेको […]

नेपालको नयाँ नक्साबारे भारतीय मिडियाले के लेखे ?

६ जेठ, काठमाडौं । मन्त्रिपरिषदले मंगलबार नेपालको नयाँ नक्सालाई स्वीकृति दिएसँगै देशभित्र राष्ट्रवादको ठूलै तरंग उब्जेको छ । देशका मिडियाहरुमा महत्वका साथ समाचार प्रकाशन–प्रशारण भइरहेका छन् । एउटा देशले आफ्नो नक्सा परिवर्तन गर्नु भनेको अन्तर्राष्ट्रिय चासोको विषय पनि हो । त्यसैले यो विषयले अन्तर्राष्ट्रिय मिडियाहरुको पनि ध्यान तान्ने अपेक्षा थियो । तर, भारतबाहेक विश्वका प्रमुख […]

वार्ता हुँदै गर्छ, सीमामा सेना पठाउनुपर्छ : पूर्वरक्षामन्त्री प्रधान

५ जेठ, काठमाडौं । पूर्वरक्षामन्त्री समेत एवं प्रमुख विपक्षी कांग्रेसका सांसद भीमसेनदास प्रधानले सेनालाई सीमामा पठाउनन सरकारलाई आग्रह गरेका छन् । ‘वार्ता हुँदै गर्छ । सेनालाई सीमामा पठाउनुपर्छ । आफ्नो सीमा रक्षा गर्ने दायित्व सरकारको हो । सीमा खाली छोडेमा मिच्नेले मिचिराख्छ ‘ प्रधानले सोमबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै भने । सेना […]

छाङरु पुग्यो सेनाको फौज पनि

२ जेठ, काठमाडौं । भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेपछि चर्चामा आएको दार्चुलाको छाङरुमा नेपाली सेनाले पनि टोली पठाएको छ । कालापानी, लिपुलेक क्षेत्रलाई भारतले अतिक्रमण गरेका बेला जंगीअड्डा मौन बसेको भन्दै आलोचना हुन थालेपछि सेनाले पनि छाङरुमा फौज पठाएको हो । यसअघि बुधबार सशस्त्र प्रहरी बलले छाङरुमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिसकेको […]

लिपुलेकमा भारतलाई कसरी गलाउने ?

महामारीको मौका छोपेर भारतले लिपुलेकमा बाटो उद्घाटन गरिसकेपछि नेपालको परराष्ट्र मन्त्रालयले एउटा विज्ञप्ति जारी गर्‍यो । उक्त विज्ञप्तिमा तीनवटा महत्वपूर्ण कुरा परेका छन् । पहिलो, यसमा लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको सरहदभित्र पर्ने नेपाली भूखण्ड हुन् भन्ने किटानी गरिएको छ । दोस्रो, यो भुखण्डमा नेपालको अनुमतिबेगर कुनै पनि गतिविधि नगर्न भारतलाई सचेत गराइएको छ । […]

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा

२ जेठ, काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने उल्लेख छ । उनले भनिन्, ‘तदनुरुप […]

कालापानी-लिपुलेक भाडामा दिन कसैको बिर्ता होइन

गत बुधबारको सर्वदलीय बैठकमा लिपुलेकमा भारतले खनेको सडक भाडामा लगाउन सकिने अभिव्यक्ति र मंगलबारको मन्त्रिपरिषद् बैठकमा ‘भारतले लिपुलेकमा सडक खन्दैछ भन्ने कुरा मलाई जानकारी थिएन’ भन्ने समाचार पढियो । नेपालका उच्च राजनैतिक व्यक्तिहरूबाटै हिजो कालापानी-लिपुलेक क्षेत्रलाई भारतको दार्जिलिङसँग साट्न सकिने, संसदमै लिपुलेकलाई सगर्व त्रिदेशीयबिन्दु बताउने र भुटान-चीन सिमाना दोक्लाम विवादमा नेपाल तटस्थ बस्ने जस्ता अभिव्यक्तिले […]

भारतद्वारा नेपाली भूमि अतिक्रमणको विषय अन्तर्राष्ट्रियकरण गर्न माग

१ जेठ, काठमाडौं । नेपाली भूमि मिचेर भारतले निर्माण गरेको कैलास मानसरोवर वाइपास सडकको विषय अन्तर्राष्ट्रियकरण गर्न अन्तर्राष्ट्रिय नेपाली एकता समाजले माग गरेको छ । समाजको केन्द्रीय समितिले भारले नेपाली भूमि अतिक्रमण गरी सडक निर्माण गरेको प्रति भत्र्सना गर्दै यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्नपर्नेमा जोड दिएको हो । सीमा अतिक्रमणबारे सरकारले पहलकदमी नलिँदा भारतले एकपछि अर्को […]

सीमा क्षेत्रमा सुरक्षा बल तैनाथ गर्न क्रान्तिकारी माओवादीको माग

१ जेठ, काठमाडौं । मोहनवैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले भारतद्वारा अतिक्रमित भूमि लिम्पियाधुरा क्षेत्रमा सुरक्षा बल तैनाथ गर्न माग गरेको छ । पार्टीको स्थायी समितिको बैठकले राष्ट्रिय स्वाधिनता र सार्वभौमिकता रक्षाका लागि अविलम्ब समग्र नेपाली भूमिसहितको नक्सा सार्वजनिक गरी सुरक्षाबल राख्न माग गरेको हो । अतिक्रमित भूमि फिर्ता ल्याउन लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित सीमा […]

भारतलाई नेपालको प्रतिउत्तर : लिपुलेकबारे वार्ता गर्न कोरोना अन्त्यसम्म पर्खिन सक्दैनौं

२९ वैशाख, काठमाडौं । नेपाल सरकारले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा बनाएको सडकबारे वार्ता गर्न धेरै पर्खिन नसक्ने बताएको छ । भारतले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा सडक बनाएपछि नेपालले आपत्ति जनाएको छ । साथै, त्यसलाई यथास्थितिमा राख्न पनि नेपालले माग गरेको छ । जवाफमा भारतले आफ्नै भूमिमा सडक बनाएको दाबी गर्दै सीमा समस्याबारे कोरोना […]

कालापानी नजिकै हेलिकप्टरबाट पुर्‍याइँदैछ सशस्त्र प्रहरी

२९ वैशाख, काठमाडौं । लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि नेपालमा आक्रोश बढेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीका बीच सडकदेखि संसदसम्म लिपुलेकको विषयमा बहस भइरहेको छ । तर भारतले नेपाली भूमि अक्रिमण गरेको दार्चुलाको त्यही माथिल्लो क्षेत्रमा बार्षौदेखि सरकारको उपस्थिति शून्य छ । कालापानी  नजिकैको छाङरुमा सशस्त्र प्रहरीको […]