Comments Add Comment

सगरमाथा आरोहण

List Grid
सगरमाथा आरोहणमा चीनले लगायो रोक

१ जेठ, काठमाडौं । चीनले तिब्बततर्फबाट सगरमाथा आरोहणमा अस्थायी रुपमा रोक लगाएको छ । नेपालमा कोरोना संक्रमणको दर उच्च रहेको र नेपालतर्फको आधारशिविरमा केही आरोहीमा संक्रमण देखिएपछि चीनले उच्च सावधानी अपनाउँदै आरोहणमा रोक लगाएको समाचार संस्था सिन्ह्वाले जनाएको छ । चिनियाँ सरकारी निकायले शुक्रबार एक सूचना जारी गर्दै सगरमाथा आरोहणको अनुमति बन्द गरिएको जानकारी दिएको […]

सगरमाथामा कोरोना फैलिएको छैन : पर्यटन मन्त्रालय

२४ वैशाख, काठमाडौं । प्रचारमा आएजस्तो सगरमाथामा स्वास्थ्य जोखिम नभएको सरकारले बताएको छ । बीबीसीसहित अन्तर्राष्ट्रिय संचारमाध्यमले सगरमाथा आधार शिविरमा कोरोना फैलिएको भन्दै समाचार प्रकाशन–प्रसारण गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यो खबरको खण्डन गर्दै पर्वतारोहीमा कोभिड-१९ को संक्रमण व्यापक फैलिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको बताएको छ । मन्त्रालयले भनेको छ, ‘सम्पर्क […]

कामीरिता शेर्पा २५ औं पटक सगरमाथा चुचुरोमा

२४ वैशाख, काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पा २५ औं पटक सगरमाचाको चुचुरोमा पुगेका छन् । आज सगरमाथामा आइसफल डाक्टरहरुको टोलीले चुचुरो चुमेको छ । यो टोलीको नेतृत्व शेर्पाले गरेका थिए । आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक प्रालिका अनुसार कुल १२ जना आइसफल डाक्टरको टोली सगरमाथा चुचुरोमा पुगेको हो । १३ मे १९९४ मा […]

सगरमाथा आरोहणको बाटो खुल्यो, आइसफल डाक्टरको टोली चुचुरोमा

२४ वैशाख, काठमाडौं । वसन्त ऋतुका लागि सगरमाथा आरोहणको बाटो खुलेको छ । सगरमाथा आरोहणमा बाटो बनाउन हिँडेको आइसफल डाक्टरको टोली सगरमाथा चुचुरोमा पुगेको छ । सेभेन समिट ट्रेक कम्पनीका अनुसार शुक्रबार साँझ ६ बजे १० जना आरोही विशेषज्ञ शेर्पाहरुको टोली चुचुरोमा पुगेको छ । The first team of climbers reached the summit of Sagarmatha […]

आगामी साताबाट सगरमाथा आरोहण शुरु हुँदै

१७ वैशाख, काठमाडौं । वसन्त ऋतुमा सगरमाथा आरोहणमा पुगेका आरोहीहरु एक साता भित्रै चुचुरोतर्फ जान शुरु गर्ने भएका छन् । पछिल्लो मौसम अपडेट अनुसार पहिलो चरणमा शुक्रबारदेखि मे ९ सम्म सगरमाथामा मौसम अनुकुल हुने पूर्वानुमान रहेको छ । यही समयमा सम्भव भएसम्म आरोहणको केही टोली चुचुरोतर्फ लाग्ने पर्यटन विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिइन् । […]

सगरमाथा आरोहण मार्गमा भीड कम गर्न कोटा तोकियो

८ वैशाख, काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहणको मौसम जारी रहँदा सरकारले आरोहणमार्गमा हुने भीडभाड कम गर्न कोटा तोकेको छ । पर्यटन विभागले सन् २०२१ को वसन्त ऋतुको आरोहण व्यवस्थित गर्न र आरोहण मार्गमा हुने जोखिम कम गर्न यस्तो व्यवस्था गरेको जानकारी दिएको छ । विभागका अनुसार सगरमाथा आरोहण अनुमति लिएका व्यक्तिले सगरमाथा चुचुरोमा आइसफल […]

३७ समूहले लिए हिमाल आरोहण अनुमति

२४ चैत, काठमाडौं । कोरोना महामारीको प्रतिकूल परिस्थितिका बाबजुद पनि सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न आरोहीले आरोहण अनुमति लिएका छन् । महामारीकै कारण अघिल्लो वर्षको वसन्त याममा पर्वतारोहण र पदयात्राले असर बेहोरेको सन्दर्भमा यस यामको हिमाल आरोहणले पर्यटन क्षेत्रमा उत्साह जगाएको छ । यतिखेर विभिन्न मुलुकबाट नेपालको सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि धमाधम आरोहीले […]

बहराइनी राजकुमारलाई सगरमाथा आरोहण अनुमति

१३ चैत, काठमाडौँ । वसन्त यामको सगरमाथा आरोहणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले आरोहण अनुमति (एक्सिपिडिशन पर्मिट) जारी गरेको छ । सो यामको सगरमाथा आरोहणको पहिलो अनुमति दुई आरोही समूहले प्राप्त गरेका छन् । बहराइनी राजकुमार शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले आरोहण अनुमति लिएका विभागले जनाएको छ । सर्वोच्च शिखर […]

बहराइनको राजपरिवार सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

२० फागुन, काठमाडौं । बहराइनका राजपरिवारका सदस्यसहितको टोली सगरमाथा आरोहणका लागि आगामी चैत २ गते नेपाल आउने भएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससँग आरोहण दलका सदस्यले बिहीबार भेट गरी सगरमाथा आरोहणका विषयमा जानकारी गराएको बहराइनस्थित नेपाली राजदूतावासले जनाएको छ । आरोहण टोलीमा बहराइनको राजपरिवारका एक सदस्यसहित बहराइन डिफेन्स फोर्समा कार्यरत १३ जना […]

यो सिजनको सगरमाथा आरोहण खुला, ८ सदस्यीय शेर्पा टोली चुचुरोमा

३१ वैशाख,काठमाडौं । यो सिजनको पहिलो सगरमाथा आरोहीको टोली शिखरमा पुगेको छ । आरोहीहरुका लागि बाटो बनाउँदै अघि बढेको शेर्पा टोली अपरान्ह पौने दुई बजे चुचुरोमा पुगेको पर्यटन विभागले पुष्टि गरेको छ । सगरमाथा आरोहणका लागि अनुमति लिएर गएका स्वदेशी तथा विदेशी टोली एक डेढ महिनादेखि आधार शिविरमा बसिरहेका छन् । आरोहण सुरु हुनु अघि […]

कीर्तिमानी आरोहीको न्यानो स्वागत

टानी टारा सिमसी, तेन्दी थेराङ डुसुङ टासी थेडु ङिला, छेला फराद माढोङ झ्यालीको तालमा शेर्पा भाषाको यही गीत गाउँदै झण्डै ५० जनाको समुह कपन बौद्धबाट कीर्तिमानी आरोही कामिरिता शेर्पाको स्वागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्यो । हिमालसँग दैनिकी जोडिएका धेरैजसो उनीहरुको अनुहारमा कामिरिताको नयाँ कीर्तिमानको खुशी झल्किएको थियो । गीतको अर्थ हो, ‘तिमी आयौ, सुख भयो […]

कीर्तिमानी आरोही कामीरिता शेर्पा भन्छन् : अर्को पटक पनि सगरमाथा चढ्छु

६ जेठ, काठमाडौं । कामी रिता शेर्पा २२ पटक सगरमाथाको चुचुरो पुग्ने कीर्तिमान बनाएर फर्किएका छन् । सोलखुम्बु लुक्लाबाट काठमाडौं फर्किएका शेर्पाले आफ्नो काम नै सगरमाथा चढ्ने भएकाले स्वास्थ्यले साथ दिएमा अर्को कीर्तिमान बनाउने बताए । ‘यसपटक देश र शेर्पा समुदायको लागि पनि खुशीको कुरा भयो । मेरो ज्यानको अवस्था ठीक भयो भने अर्को पटक […]

कामीरिता शेर्पाले चढे २२ औं पटक सगरमाथा, राखे विश्व कीर्तिमान

२ जेठ, काठमाडौं । नेपाली आरोही कामी रिता शेर्पाले कीर्तिमानी २२ औं पटक सगरमाथा आरोहण गरेका छन् । कामीसहित १४ जनाको टोलीले बुधबार बिहान साढे ८ बजे सगरमाथाको शिखरमा पाइला टेकेको हो । जसमा ७ जना विदेशी र ७ जना नेपाली आरोही रहेका सेभेन समिट ट्रेकले जानकारी दिएको छ । यसअघि २१ पटक सगरमाथा चढेर आप्पा […]

कामीरिता शेर्पाले बनाए २२ औं पटक सगरमाथा चढेर कीर्तिमान

२ जेठ, काठमाडौं । नेपाली आरोही कामी रिता शेर्पाले कीर्तिमानी २२ औं पटक सगरमाथा आरोहण गरेका छन् । कामीसहित १४ जनाको टोलीले बुधबार बिहान साढे ८ बजे सगरमाथाको शिखरमा पाइला टेकेको हो । जसमा ७ जना विदेशी र ७ जना नेपाली आरोही रहेका सेभेन समिट ट्रेकले जानकारी दिएको छ । यसअघि २१ पटक सगरमाथा चढेर आप्पा […]

७० वर्षीय चिनियाँ नागरिकले दुबै कृत्रिम खुट्टाको सहारामा सगरमाथा चढे

३१ वैशाख, काठमाडौं । चीनका ७० वर्षीय जिया बोयूले सोमबार विहान दुईवटै कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरेका छन् । उनी दुईवटै कृत्रिम खुट्टाको सहायताले सगरमाथा चढ्ने दोस्रो व्यक्ति बनेका पर्यटन मन्त्रालयका सम्पर्क अधिकारी गणेशबहादुर कटुवालले जानकारी दिए । तर नेपालबाटै कृत्रिम खुट्टाको सहायताले सगरमाथा चढ्ने उनी पहिलो ब्यक्ति हुन् । सगरमाथा आरोहणकै क्रममा सन् […]

बालअधिकारका लागि सगरमाथा आरोहण

२७ चैत, काठमाडौँ । एघार वर्षदेखि स्काउटमा रहेर बालबालिका तथा किशोरकिशोरीको शारीरिक, मानसिक र बौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेलेका प्रकाशराज पाण्डेले सगरमाथा आरोहण गर्ने भएका छन् । यहाँ म.गलबार आयोजित पत्रकार सम्मेलनमा उनले बालअधिकारका लागि चेतना फैलाउन आफूले बुधबारदेखि सगरमाथा आरोहण गर्न लागेको जानकारी दिएका हुन् । ‘बालबालिकाको हकअधिकारलाई सगरमाथाको चुचुरोबाट उठाउने, नेपालको पर्यटन विकासमा योगदान पु¥याउने, […]

५ दिनमा २ पटक सगरमाथा अारोहण गरी भारतीय महिलाको नयाँ कीर्तिमान

१० जेठ, सोलुखुम्बु । एकै याममा दुईपटक सगरमाथाको सफल आरोहण गरेर भारतीय महिला अंशु जम्सेन्पाले नयाँ कीर्तिमान कायम गरेकिछन् । उनले जेठ २ र ७ गते गरी पाँच दिनको फरकमा दुईपटक सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेको सरकारतर्फबाट आधार शिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । ३७ वर्षीय अंशुले पर्यटन विभागबाट एकै याममा […]

सगरमाथामा कसले फहरायो दलाई लामाको झण्डा ?

१० जेठ, काठमाडौं । एक हिमाल आरोहीले आइतबार विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा दलाई लामाको झण्डा फर्फराएर फर्किएका छन् । एक चीन नीतिप्रति प्रतिवद्ध रहेको नेपालमा भएको यस्तो गैरकानूनी कार्यबारे नेपाल सरकारले छानविन सुरु गरेको छ । भारतमा निर्वासित तिब्बतीयन धर्म गुरु दलाई लामाका समर्थकले सगरमाथाको चुचुरोमा पुगेर झण्डा फर्फराएको रिर्पोट नेपाल सरकारको सम्वन्धित निकायहरुमा […]

सगरमाथा सिजन सकियो : यी हुन् यस वर्षका हाइलाइट्स

१४ असार, काठमाडौं । विगत दुई वर्षदेखि रोकिएको सगरमाथा आरोहण यस वर्ष सफल रुपमा सम्पन्न भयो । भर्खरै सकिएको स्प्रिङ सिजनमा ३० देशका ४ सय ५६ आरोही सगरमाथाको चुचोरोमा पुग्न सफल भएका छन् । यसले पर्वतीय पर्यटनमा पुनः तरङ्ग ल्याइदिएको छ । हुदहुद आँधी र भूकम्पले दुई वर्षदेखि सगरमाथा आरोहण रोकिएको थियो । एकपछि अर्को […]

भारतीय प्रहरी जोडीले राख्यो सगरमाथा आरोहणमा विश्व रेकर्ड

२४ जेठ, काठमाडौं । भारत महाराष्ट्रका एक प्रहरी दम्पत्तिले सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान रचेका छन् । भारतको महाराष्ट्र प्रहरीका कन्सटेबल दम्पत्ति दिनेश चन्द्रकान्त राठोर र उनकी श्रीमती तारकेश्वरी राठोरले सगरमाथाको चुचुरोमा पाइला राख्ने प्रथम प्रहरी जोडीको इतिहास बनाएका हुन् । उनीहरु सगरमाथाको सफल आरोहण गर्ने पहिलो भारतीय दम्पत्ती समेत बनेका छन् । मकालु […]

सगरमाथाको सफल आरोहण : पर्वतीय पर्यटन सुरक्षित रहेको सन्देश

१७ जेठ, काठमाडौं । विगत दुई वर्षदेखि रोकिएको सगरमाथा आरोहण सफल रुपमा सम्पन्न भएको छ । चारसय भन्दा बढी आरोहीहरुले सगरमाथाको चुचुरो चुम्न सफल भएका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणले पर्वतारोहरण पर्यटनमा उत्साह थप्ने काम गरेको नेपाल माउन्टेनियरिङ एशोसियसन (एनएमए)का अध्यक्ष आङछिरिङ शेर्पा बताउँछन् । सगरमाथा आरोहण ११ दिनसम्म चलेको थियो । […]