Comments Add Comment

एलए र सेन्ट जेभियर्स संयुक्त च्याम्पियन

१३ भदौ, काठमाडौं । आयोजक लिटिल एन्जल्स (एलए) स्कुल र डिफेन्डिङ च्याम्पियन सेन्ट जेभियर्स आठौं एलए/जेटीआई अन्तरविद्यालय जुनियर खुला लनटेनिस प्रतियोगितामा शनिबार संयुक्त टिम च्याम्पियन बनेका छन् । दुवैले समान ५१-५१ अंक जोडे ।

काष्ठमण्डप ४५ अंकमा दोश्रो, रातो बंगला ३९ अंकमा तेश्रो, पेनउड एकेडेमी ३३ अंकमा चौथो तथा द बि्रटिस स्कुल १८ अंकमा पाँचौं स्थानमा रहे ।

प्रतियोगिताको अन्तिम दिन भएको यु-१६ गल्र्स सिंगल्समा पेनउडकी इरा राउत पहिलो भइन् । फाइनलमा इराले बि्रटिसकी एनी माथेमालाई ६-४ र ७-६ ले पराजित गरिन् । अघिल्लो दिन यु-१४ सिंगल्सको फाइनलमा पनि इराले एनीलाई नै हराउदै स्वर्ण जितेकी थिइन् । डिएभीकी विजिशा श्रेष्ठ र युलेन्सकी मेधावी गिरी तेश्रो भए ।

यु-१६ ब्वाइज सिंगल्सको उपाधि रातो बंगलाका आभाष मल्लले जिते । उनले फाइनलमा सेन्ट जेभियर्सका प्रणव खनाललाई ६-३ र ६-२ ले हराए । श्री धर्मस्थली मावि, पोखराका नवीन गुरुङ र एलएका चन्द्रमान रोकाया तेश्रो स्थानमा रहे ।

उत्सवी जोशी यु-१२ गल्र्स सिंगल्स च्याम्पियन बनिन् । फाइनलमा उत्सवीले काष्ठमण्डपकी अल्सा रेग्मीको चुनौती ६-४ र ६-१ ले समाप्त पारिन् ।

यसअघि यु-१२ ब्वाइज सिंगल्समा शुभताराका सम्यकभूषण वज्राचार्य, यु-८ सिंगल्सको ब्वाइजमा काष्ठमण्डपका रनव सिंह र गल्र्समा अजा रेग्मी, यु-१० सिंगल्सको ब्वाइजमा सेन्ट जेभियर्सका आदित सुवेदी र गल्र्समा एलएकी सलोनी तामाङ तथा यु-१४ सिंगल्सको ब्वाइजमा सेन्ट जेभियर्सका प्रणव खनाल पहिलो भएका थिए ।
त्यस्तै यु-१४ डबल्सको ब्वाइजमा एलएका स्वराज केसी र अभिनव आचार्य तथा गल्र्समा रातो बंगलाका करुणा गौचन र उत्सवी जोशीको जोडीले स्वर्ण जितेका थिए ।

भदौ ९ गतेदेखि सुरु प्रतियोगितामा विभिन्न २९ विद्यालयका २ सय २ खेलाडीले १२ स्पर्धामा प्रतिस्पर्धा गरेको एलएका लनटेनिस प्रशिक्षक रामेश्वर थापाले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment