+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

शीतलनिवास भन्छ- राष्ट्रपतिलाई खुइल्याउन खोज्नेहरु आफैं खुइलिन्छन्

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ३० गते २०:१०

३० भदौ, काठमाडौं । एमाले र कांग्रेसका केही नेताहरु राष्ट्रपति डा. रामवरण यादवलाई अनावश्यक विवादमा तानेर खुइल्याउने अभियानमा लागेको भन्दै शीतलनिवास स्रोतले असन्तुष्टि जनाएको छ ।
rambaran-yadav
राष्ट्रपतिले संविधान जारी गर्न अन्कनाएको प्रचार गरेर उनलाई खुइल्याउने अभियानमा संविधानसभाका अध्यक्ष स्वयंले भूमिका खेलेको राष्ट्रपतिका एक सल्लाहकारले अनलाइनखबरसँग गुनासो गरे ।

‘सभाध्यक्षसँगको भेटमा राष्ट्रपतिले संविधान बनाउन लागेकोमा आफूलाई खुशी लागेको बताउनुभएको थियो र बधाइसमेत दिनुभएको थियो,’ शीतलनिवास स्रोतले भन्यो, ‘तर, सभाध्यक्षज्यूले यो कुरालाई प्रचारमा नल्याई राष्ट्रपतिमाथि आशंका जनाइदिँदा राष्ट्रपतिले संविधान जारी गर्न मानेनन् भन्ने प्रकारको सन्देश प्रवाह भएको छ ।’

मधेसी, थारु, जनजाति लगाउत सबैको भावना समेटेर संविधान बनाउनुपर्छ भन्ने राष्ट्रपतिको अडान सही रहेको उनका सल्लाहकारले बताएका छन् । ‘तराईमा १ करोड ५० लाख मानिसहरु छन्, त्यहाँ महिनादिनदे.खि आन्दोलन भइरहेको छ, बैंकहरु बन्द छन्, अस्पतालमा समेत ग्यास र औषधि सिद्धिन थालेको छ’ शीतलनिवास स्रोतले भन्यो-‘यस्तो अवस्थामा ती जनसमुदायको पक्षमा राष्ट्रपतिले बोल्नु गलत नभएको दाबी स्रोतले गर्‍यो ।’

सुवास नेम्वाङसँग राष्ट्रपतिको सरोकार छैन

तर, राष्ट्रपतिले अहिले उठाएको विषय संविधानसभासँग नभएर सरकारसँग सम्बन्धित भएको स्रोतले बतायो ।

सल्लाहकार भन्छन्- ‘राष्ट्रपतिले तराई मधेसका जनतालाई समेट भन्नु गलत होइन, संविधान जारी गर्नु त राष्ट्रपतिको दायित्व नै हो’

‘राष्ट्रपतिले संविधान जारी गर्दैनन् भन्नु बचकनापन हो, संविधान जारी गर्नु राष्ट्रपतिको दायित्व हो’ स्रोतले भन्यो- तर, राष्ट्रपतिले अहिले तराईका जनताको भावनालाई समेट्न जुन आग्रह गरिरहनुभएको छ, यो सुवास नेम्वाङसँग नभएर सरकार र प्रधानमन्त्रीसँग सरोकारको विषय हो ।’

संविधानसभाले संविधान जारी गर्ने मितिट तोकिसकेको अवस्थामा त्यो ‘सिमेन्टेड’ विषय भएकाले राष्ट्रपतिले समर्थनत गर्दैनन् भनेर कुप्रचार गरिएको भन्दै शीतलनिवास स्रोतले चित्त दुखाएको छ ।

स्रोत भन्छ- ‘राष्ट्रपतिले पदको लोभ गरे भन्ने प्रचार गरिएको छ, तर, सात वर्षसम्म राष्ट्रपति भइसकेका रामवरणलाई पदमा बसिरहन लोभ छैन, अहिले उहाँले सबैपक्षलाई समेट्नुपर्छ भनेर जुन कुृरा भनिरहनुभएको छ, यसले राष्ट्रपति खुइलिने होइन, उहाँलाई खुइल्याउन खोज्नेहरु चाँहि आफैं खुइलिने छन् ।

राष्ट्रपति यादव विगतदेखि नै हिमाल पहाड र तराईका जनता आपसमा मिलेर बस्नुपर्छ भन्ने राष्ट्रिय सोच बोकेका राजनीतिज्ञ भएकाले अहिले उनले मधेसका जनतामाथि भइरहेको दुखबारे बोल्नु स्वाभाविक भएको उनका सल्लाहकारको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?