+
+
Shares

फोरम लोकतान्त्रीक रौतहट जिल्ला समितिद्धारा पार्टी परित्याग

६ कात्तिक, रौतहट । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रीक) रौतहटका अध्यक्ष लगायत जिल्ला कार्य समितिका अधिकाशं सदस्य तथा पार्टीका भातृ संगठनका अध्यक्षहरुले समेत शुक्रबार पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ६ गते १४:५६

गौतम श्रेष्ठ

६ कात्तिक, रौतहट । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रीक) रौतहटका अध्यक्ष लगायत जिल्ला कार्य समितिका अधिकाशं सदस्य तथा पार्टीका भातृ संगठनका अध्यक्षहरुले समेत शुक्रबार पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

parti-parityag-(3)पार्टीका केन्द्रीय अध्यक्ष विजयकुमार गच्छदार सरकारमा सहभागी भए छि रुष्ट बनेका कार्य समिति सदस्यहरुले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएको अध्यक्ष अजय गुप्ताले बताए । गौर बैरगनिया जोडने पुलमा रहेको धर्ना स्थल बाटै राजिनामा दिएका अध्यक्ष गुप्ताले पार्टीको केन्द्रीय कार्य समिति ले अहिले सम्म पनि सरकारमा सहभागी भएका अध्यक्ष लाई कारवाही नगरेकोमा दुख व्यक्त गरेका छन् ।

unnamedमधेश र मधेशीको अधिकार सुनिश्चित गराउन शुरु भएको आन्दोलन दुई महिना लामो अवधि मा पुग्दा र ४२ जना शहिद हुँदासमेत सरकार पक्षबाट कुनै सुनवाई नभएको अवश्थामा आˆनै पार्टी पनि सरकारमा सहभागी हुन मधेशी जनताको भावनाको विरुद्ध भएको भन्दै आफूहरुले पार्टी परित्याग गरेको गुप्ताले बताएका हुन् ।

कार्यसमिति अध्यक्ष, सहसचिव, कोषाध्यक्ष र सदस्यहरु समेत तथा पार्टीका शिक्षक, युवा, दलित र किसान सँगठनका अध्यक्ष विभिन्न क्षेत्रका क्षेत्रिय अध्यक्षहरुले समेत सयौं नेता कार्यकर्ताले पार्टी परित्याग गरेको अध्यक्ष गुप्ताले बताए । पार्टी परित्यागपछि आफूहरु अझै सशक्तरुपमा मधेश आन्दोलनमा सहभागी हुने समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?