+
+
Shares

सरकारसँगको वार्ता भंग गर्ने मधेसी मोर्चाको चेतावनी

१२ कात्तिक, सप्तरी । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारसँगको वार्ता भंग गर्ने चेतावनी दिएको छ । सरकार गम्भीर रुपमा प्रस्तुत नभएको आरोप लगाउँदै मोर्चाले विहीबार परराष्ट्र मन्त्रालयमा हुने वार्ता अन्तिम हुने चेतावनी दिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १२ गते १३:५४

Upendra-Yadav

एसके शान
१२ कात्तिक, सप्तरी । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारसँगको वार्ता भंग गर्ने चेतावनी दिएको छ । सरकार गम्भीर रुपमा प्रस्तुत नभएको आरोप लगाउँदै मोर्चाले विहीबार परराष्ट्र मन्त्रालयमा भैरहेको वार्ता अन्तिम हुने चेतावनी दिएको हो ।

मोर्चाका संयोजक तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीको राजविराजमा पत्रकार सम्मेलन गर्दै भने, ‘अहिलेसम्म सरकार वार्तारुपी नाटक मञ्चन गर्दै आएको छ । सरकारले पुरानै रुप आजको वार्तामा देखाए यो नै अन्तिम वार्ता हुनेछ ।’

नेपाल पत्रकार महासंघ सप्तरीको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले सरकारसँग पछिल्लो समयमा भएका वार्ताहरुमा मोर्चाले आफ्ना कुरा राखिसकेकाले त्यो बिषयमा के-के गर्ने भनेर सरकार ठोस योजनासहित आउनुपर्ने बताए ।

‘यदि यस्तो हुन नसके अब वार्ताको कुनै तुक रहनेछैन,’ उनले भने । सरकार ठोस रुपमा प्रस्तुत नभए वार्ता भंग गरी आन्दोलनलाई अझ सशक्त बनाइने यादवको भनाई थियो ।

सदभावना पार्टीका महासचिव मनिष सुमन पनि वार्तालाई नौटंकीको संज्ञा दिएका छन् । उनले राजविराजमा आयोजित एक कार्यक्रममा भने, ‘अब सरकारको नौटंकीपूर्ण वार्तामा हामी बस्दैनौं ।’
‘आजको वार्तामा सरकारलाई नौटंकी बन्द गर्न मोर्चाले भन्नेछ,’ महासचिव सुमनले भने, ‘सरकारले वार्तामा हाम्रो कुरा सुन्छ र कुनै प्रतिक्रिया दिँदैन ।’ उनले वार्तामा बोलाउने तर कुनै कुरा नै गर्न नचाहने भएकाले वार्ताको कुनै तुक नभएको बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?