Comments Add Comment

धनाढ्यले किनिदिए कुकुरलाई ८ वटा आइफोन

dog_iphoneयो दुनियाका धनाढ्यहरुले कहिलेकाहीँ गरीबहरुको खिल्ली उडाउँछन् । गरीबलाई सहयोग गर्न उनीहरुको हात अघि बढ्दैन तर फजूलमा अनावश्यक खर्च गरी चर्चा बटुल्ने धृष्टता गर्दछन् । एकजना चिनिया धनाढ्यले यस्तै गरेका छन् ।

आइफोन सेभेन किन्नु भनेको धेरैका लागि केवल सपना मात्र हुनसक्छ । उच्च मूल्यका कारण धेरैले चाहेर पनि आइफोन सेभेन किन्न सक्दैनन् । तर चीनमा भने एउटा कुकुरसँग ८ वटा आइफोन सेभेन छन् ।

सेप्टेम्बर ७ मा लन्च भएको आइफोन सेभेन गएको शुक्रबारबाट विश्वका २५ देशमा बिक्रि सुरु भएको छ । यसको मूल्य झण्डै एकलाख रुपैयाँबाट सुरु हुन्छ । त्यसैले पनि धेरै नेपालीहरुका लागि यो फोन आकाशको फल हुने पक्का छ । तर चीनमा एक कुकुरका लागि उसका मालिकले एउटा होइन ८ वटा आइफोन सेभेन खरीद गरिदिएका छन् ।

चिनिया संचारमाध्यमहरुका अनुसार चीनका सबैभन्दा धनी व्यक्ति वांग जियानलिनका छोराले आफ्नो कुकुर कोकोका लागि ८ वटा आइफोन सेभेन किनिदिएका हुन् ।

२३ अर्ब डलर सम्पत्तिका मालिक वांगका छोराले आफ्नो पाल्तू कुकुरका लागि आइफोन सेभेनका अलावा एप्पलको स्मार्ट घडी लगायतका ग्याजेट पनि किनिदिएका छन् ।

सोसल मिडियामा अर्बपतिको उक्त भाग्यमानी कुकुरको फोटो भाइरल बनेको छ । फोटोमा कुकुरको सामुन्ने आइफोन सेभेनको थुप्रो छ । अझ रोचक कुरा त के भने चीनमा यो कुकुर साँच्चीकै सेलिब्रेटीको रुपमा रहेको छ । सोसल मिडियामा यसका १९ लाख फलोअर्स छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment