+
+
Shares

सार्वजनिक स्थलमै रणवीरको दीपिकालाई चुम्बन

अनलाइनखबर अनलाइनखबर
२०७० मंसिर ११ गते १२:४०

पछिल्लो चलचित्र ‘रामलीला’ सफल भएपछि बलिउडमा नायिका दीपिका पादुकोणको माग ह्वात्तै बढेको छ । यो सँगै दीपिका बलिउडमा सबैभन्दा बढि पारिश्रमिक लिने नायिकाको सूचिमा पनि परेकी छिन् । यो चलचित्रले पादुकोणलाई मात्र नभई नायक रणवीर सिंहलाई पनि फाइदा पुर्‍याएको छ ।ranbir-kiss-dipikaदीपिका र रणवीरको जोडीलाई पर्दा बाहिर पनि चर्चा गर्ने गरिन्छ । तर यि दुइले एकअर्काको सम्बन्धलाई नकार्दै आएका छन् । हालै मात्र मुम्बइमा आयोजना भएको एक अवार्ड कार्यक्रममा रणवीरले दीपिकालाई चुम्बन गरेपछि फेरी यि दुईको चर्चा सुरु भएको छ । पुरुषतर्फको ‘इन्टरटेनर अफ द इयर’को अवार्ड पाएपछि रणवीरले दीपिकालाई चुम्बन गरेका हुन् ।

केही समय अघि मात्र पनि दीपिकालाई अंगालोमा बाधेर रणवीर चुम्बन गरेको तस्बिर सार्वजनिक भएपछि हलचल मच्चिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?