Comments Add Comment

रेखालाई छोडेपछि हिरोइन फेर्दै छवि, रजनी पछि पालो शिल्पाको

निर्माता छविराज ओझा आफ्नो चलचित्रबाट नयाँ नयाँ कलाकार भित्राउन सिपालु मानिन्छन् । छविले सिने नगरीमा ल्याएका धेरै कलाकार चर्चामा पनि पुगेका छन् । नायक आर्यन सिग्देल, रेखा थापा यसका उदाहरण पनि हुन् ।shilpa-and-rajaniतर पछिल्लो समयमा नायिका रेखा थापालाई आफ्नो जीवनबाट नै टाढा राखेपछि छवि झनै जोशिएका छन् । सुरुवातमा त रेखाले छोड्दा केही चिन्तित देखिएका उनी अहिले भने नयाँ चलचित्रमा नयाँ नयाँ नायिकालाई भित्राउन लागि परेका छन् ।

चलचित्र ‘लोफर’मा नायिका रजनी केसीलाई भित्राएर चर्चामा आएका छवि बिहिबारबाट नयाँ सिनेमाको निर्माण थाल्दैछन् । छविले निर्माण गर्न लागेको नयाँ सिनेमाको नाम ‘लज्जा’ राखिएको छ । यो चलचित्रलाई नवल नेपालले निर्देशन गर्न लागेका हुन् । नवलले बनाएका ‘श्रीमान्’ र ‘महशुश’ले समिक्षकको राम्रो साथ पाएका थिए ।

चलचित्रमा चेतन सापकोटाको संगीत, महाराज थापाको संगीत संयोजन, किरण खरेलको गीत, मदन काश्यप घिमिरेको छायांकन, चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको नृत्य रहने छ । यो चलचित्रमा आर्यन सिग्देल, मिथिला शर्मा, किरण केसी, हिउँवाला गौतमको मुख्य भूमिका रहने निर्माणपक्षले बताएको छ । यो चलचित्रबाट नव नायिका शिल्पा पोख्रेल सिने नगरीम भित्रिदै छिन् । शिल्पा म्यूजिक भिडियोमा चर्चित थिइन् ।

छविराज प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रले शिल्पाको करिअरलाई कता तर्फ लैजान्छ, त्यो पछि नै थाहा हुनेछ । तर रेखा थापालाई सिनेमा र जीवनबाट नै टाढा राखेपछि हिरोइन फेर्ने छविको यो नयाँ क्रियाकलाप भने हेर्न लायक नै छ ।aaryan-and-shilpa

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment