बलिउडमा सन् २०१३ निक्कै सफल मानिन्छ । ८ वटा सिनेमाले १ सय करोड माथिको व्यापार गर्यो भने केही कलाकार भाग्यमानी पनि ठहरिए । यही भिडमा नायिका दीपिका पादुकोण पनि अग्र स्थानमा रहन सफल भइन् । उनले अभिनय गरेका ४ वटै सिनेमाले १ सय करोडको क्लबमा आफूलाई सहभागी गराए । उनी निर्माताको पैसा असुल गर्ने सबैभन्दा दह्रो हतियार बन्न पुगिन् ।
यस्तै ‘कमेडी नाइट्स विथ कपिल’ नामक कमेडी कार्यक्रम संचालन गरेर चर्चित हाँस्य कलाकार कपिल शर्माले धेरैको मन जिते । उनको शो भारतीय टेलिभिजनको भिडमा सबैभन्दा बढि हेरिने कार्यक्रम बन्न पुग्यो । एउटा सामान्य परिवारमा हुर्किएका कपिलले छोटो समयमै ठूलो सफलता हात पारेका छन् ।
यही क्रममा भारतको एक लिडिङ टेलिभिजनले कपिल र दीपिकालाई ‘ईन्डियन अफ द ईयर’को अवार्डबाट सम्मानित गरेको छ । भारतको मनोरञ्जनको क्षेत्रमा योगदान पुर्याएको भन्दै कपिल र दीपिका यो सम्मानबाट सम्मानित भएका हुन् । भारतका विभिन्न क्षेत्रका ११ जना व्यक्तिहरुलाई यो अवार्ड प्रदान गरिएको थियो ।
अवार्ड पाएपछि दुई चर्चित कलाकारले खुशी व्यक्त गरेका थिए ।
प्रतिक्रिया 4