+
+
Shares

परिवार छोडेर दीपिकाले रणवीरसँग नयाँ बर्ष मनाएको खुलासा

अनलाइनखबर अनलाइनखबर
२०७० पुष २२ गते ११:३५

dipika-and-ranvir

सम्बन्धमा के छ भन्न त्यसै कहाँ सकिन्छ र ? नायिका दीपिका पादुकोणको प्रेम प्रसंगले यस्तै छनक दिइरहेको छ । राम्रो साथी मात्र भएको बताउने दीपिका रणवीर सिंहसँग मस्ती गरिरहेकी छिन् । यो कुराको खुलासा अंग्रेजी नयाँ बर्षले गराएको छ ।

आफ्नो परिवारसँग नयाँ बर्ष मनाउन माल्दिभ्स पुगेकी दीपिकाले सबैको आँखामा छारो त्यतिबेला हालिन्, जब उनी नायक रणवीर सिंहसँग रोमान्स गर्न न्यूयोर्क पुगिन् ।

परिवारसँग केही दिन रमाइलो गर्दै दीपिका साथी मात्र भनिएका रणवीरसँग बिदा मनाउन न्यूयोर्कमा व्यस्त थिइन् । गतबर्ष सर्वाधिक सफल भएको चलचित्र ‘रामलीला’मा प्रेमको रासलीला देखाएको यो जोडी पर्दा बाहिर पनि मस्ती गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?