+
+
Shares

नेपाल क्यानडासँग १२ रनले पराजित, डिभिजन थ्रीमा घटुवाको खतरा

अनलाइनखबर अनलाइनखबर
२०७० माघ ७ गते १३:५९

७ माघ, काठमाडौं । एकदिवसीय विश्वकप छनोट क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल क्यानडासँग १२ रनले पराजित भएको छ । यो प्रतियोगितामा खराब प्रदर्शन गरेको नेपालले कुनै पनि खेल जित्न सकेन ।

समूह चरणका सबै खेल गुमाएसँगै नेपाल डिभिजन थ्रीमा घटुवा हुने खतरा बढेको छ । डिभिजन टु मा कायमै रहन नेपालले माघ १२ गते हुने प्ले अफको खेल जित्नै पर्ने हुन्छ । जसमा नेपालको भेट केन्या, पपुवा न्यूगिनी र नेदरल्याण्डमध्ये एकसँग हुनेछ । बिहीबारको खेलले नेपालको प्रतिद्वन्द्वी टुंगो लाग्नेछ ।

न्यूजिल्याण्डको क्रइसचर्चमा क्यानडाले प्रस्तुत गरेको २ सय ५६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ४१ ओभरमा ८ विकेट गुमाएर २ सय ४३ रन मात्र जोड्न सक्यो । नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ८६ रन बनाए पनि अन्य व्याट्सम्यान चल्न सकेनन् ।

प्रदिप ऐरीले २६ रन बनाए भने बसन्त रेग्मी २५ रन अविजित रहेन । कप्तान पारस खड्का, शरत भेसवाकर र विनोद भण्डारीले समान १७ रन बनाए भने शक्ति गौचन र पृथु बास्कोटाले समान १५ रन जोडे । सोमपाल कामी ८ रनमा अविजित रहे भने सागर पुन शुन्य रनमा आउट भए । नेपाललाई सस्तैमा समेट्ने क्रममा खुर्रामले ४ विकेट लिएका थिए ।

यसअघि टस जितेर व्याटिङ थालेको क्यानडाले वर्षाका कारण ४१ ओभरमा छोट्याइएको खेलमा ९ विकेट गुमाएर २ सय ५५ रन बनाएको थियो । उसका लागि राजा उर रहमानले ८९ र नितिशकुमारले ६७ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने बसन्त रेग्मीले २ र शक्ति गौचन र सागर पुनले समान १-१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?