Comments Add Comment

स्मार्टफोन एप पनि कस्ता ? बोक्सी खोज्ने, लामखुट्टे भगाउने, डण्डीफोर हटाउने

एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगल प्ले स्टोरमा हजारौँ एप्स उपलब्ध छन् । ती मध्ये केही पढाइसँग सम्बन्धित छन्, केही ह्याकिङ त केही मनोरञ्जन सँग । केही एप भने खास कामका लागि लक्षित गरि बनाइएका छन् । कतिपय एप भने अनौठो खालका हुन्छन्, जो प्रयोगकर्ताको काममा आउन् नआउन् तर हँसाउन भने कुनै कसर बाँकी राख्दैनन् । यहाँ त्यस्तै अनौठा र रोचक लाग्ने ५ वटा मोबाइल एपको वृतान्त प्रस्तुत गरिएको छ :

app

१. Witch Hunt :   नामै सुन्दा झसँग भइने, बोक्सीको खोजी । तथापि यो एउटा गेम एप मात्र हो । यसको तरिका भने निकै अनौठो छ । यो गेमिङ एप प्रयोग गरेर मोबाइलमा खेल खेल्दा बोक्सीको खोजी गर्नुपर्छ । यो एपलाई प्रयोग गर्न सुरुमा एप अन गरी मोबाइलको क्यामराले ग्रुप तस्वीर खिच्नुहोस् । त्यसपछि उक्त फोटोलार्य विच हन्ट एपमा इन्स्टल गर्नुहोस् । केहीबेर पनि उक्त एपले उक्त फोटोमा भएका मान्छे मध्ये को बोक्सी हो भनेर छुट्टाइदिनेछ । बोक्सी भनेर तोकिने मानिसको तस्वीरको अनुहार जल्न थाल्नेछ ।

२.Anti Mosquito – Sonic Repeller :  लामखुट्टे भगाउने विभिन्न खाले धुपहरुका बारेमा त सुनिएकै छ तर के लामखुट्टे भगाउने मोबाइल एपका बारेमा सुन्नुभएको छ ? सुन्नुभएकेा छैन भने अब थाहा पाउनुहुनेछ की मोबाइल एपबाटै लामखुट्टे समेत भगाउन सकिन्छ । वास्तवमा यो एपका माध्यमबाट मोबाइलले विशेष आवाज निकाल्छ जसले लामखुट्टे भगाउन मद्दत गर्छ । यो आवाजले मानिसमा कुनै प्रभाव पार्दैन र मानिसले त्यो आवाज सुन्न पनि सक्दैन । यो एप बनाउने पिको ब्रदर्श कम्पनीका अनुसार यो एप लामखुट्टे भगाउन निकै उपयोगी छ । एन्ड्रोइड थ्री र त्यसमाथिका अपरेटिङ सिस्टमवाला स्मार्टफोनमा यो एप डाउनलोड गरी प्रयोग गर्न सकिन्छ ।

३.Idiot Scanner :  मान्छेको मूड पत्ता लगाउने, झुटो बोलेको पत्ता लगाउने लगायतका एपका बारेमा त सुनिएकै हो तर अब मान्छेको मुर्खपना पत्ता लगाउने एप समेत बनिसकेछ । यो एक फनी एप हो यसले प्रयोगकर्तालाई बताउँछ की को मान्छे इडियट अर्थात् मुर्ख हो । यो एपमा कुनै व्यक्तिको फोटो हालेसँगै एपले बताइदिनेछ की त्यो मान्छे मुर्ख हो होइन ? यो केवल मनोरञ्जक एप मात्र हो, मुर्खताको जाँचमा मेल खाएमा संयोगमात्र हुनेछ ।

४. BOYFRIEND TRAINER :  ब्वायफ्रेण्डलाई तालिम दिने एप । यसको नाम जति अनौठो छ काम पनि उस्तै । यदि कोही युवतीले खासमा आफ्नो ब्वायफ्रेण्डमाथि रवाफ जमाउन पाएका छैनन् भने कार्टूनरुपी ब्वायफ्रेण्डमाथि रवाफ जमाउने मौका यो एपले दिनेछ । यो एन्ड्रोइड तथा आइट्युन्स स्टोर दुबैमा उपलब्ध छ । यसमा एक भर्चुअल ब्वायफ्रेण्ड हुन्छ । उक्त ब्वायफ्रेण्डलाई आफ्नो चाहना अनुसार प्रयोग गर्ने, सजाय दिलाउने जस्ता काम एप प्रयोगकर्ताले गर्न सक्छन् र युवतीहरुले यसबाट मज्जा लिन सक्छन् । यद्यपि यो एप बेलाबेलामा विवादमा समेत तानिने गरेको छ । केही समय पहिले आइट्युन्सले यसलाई बन्देज समेत लगाएको थियो । यसमा भर्चुअल ब्वायफ्रेण्ड लाई अश्लील गाली समेत गर्न सकिने भएकाले यो विवादित बनेको हो ।

५. Pimple Popper :  डण्डीफोर हटाउने एप, नाम सुन्दै अनौठो । यो एप पनि एक गेमिङ एप हो जसले भर्चुअल मानिसको अनुहारमा हुने डण्डिफोर फोरेर हटाउने काम गर्छ । साथै अनुहारमा भएका काला धब्बा, कोटी, चाउरी तथा मुसा समेत हटाइदिन्छ यो एपले । रोचक कुरा त के भने गुगल प्ले स्टोरबाट अहिलेसम्म १ करोड भन्दा बढिले यो एप डाउनलोड गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment