+
+
Shares

स्याउको मुल्य बढ्यो, प्याजको घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७१ असार २० गते ११:३७

Apple

२० असार काठमाडौं । सर्वसाधारणले अत्यधिक उपयोग गर्ने फलफूल स्याउको मुल्य शुक्रबार एकैदिन तीन रुपैयाँले बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजारले शुक्रबारका लागि एक किलो स्याउको औषत मुल्य एक सय ९३ रुपैयाँ ३३ पैसा तोकेको छ । बिहीबार एक किलो स्याउको औषत मुल्य एक सय ९० रुपैयाँ थियो ।

बिहीबार र शुक्रबारका लागि कालीमाटी बजार व्यवस्थापनले तोकेको न्यूनतम र अधिकतम मुल्यमा भने कुनै थपघट भएको छैन । दुबैदिन एक किलो स्याउनको न्यूनतम मुल्य एक सय ८० रुपैयाँ र अधिकतम दुई सय रुपैयाँ रहेको छ ।

onion jp

केहीदिनयता बढ्दै आएको प्याज भने शुक्रबार एक रुपैयाँले घटेको छ । बिहीबार ४६ रुपैयाँ २५ पैसा रहेको एककिलो प्याजको औषत मुल्य शुक्रबार भने ४५ रुपैयाँ ३३ पैसामा झरेको कालीमाटीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?