+
+
Shares

एक प्याकेट चाउचाउको ५० रूपैयाँ !

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १४ गते ७:५९

हुम्ला, १३ साउन । नेपाल खाद्य संस्थान हुम्लाले तोकिएको कोटाअनुसार जिल्लामा खाद्यान्न ढुवानी गर्न नसक्दा खाद्य सङ्कट भएको छ ।

यस वर्ष जिल्लामा कोटाअनुसार छुट्टयाइएको ३ सय क्विन्टल चामल ढुवानी हुन नसक्दा जिल्लामा खाद्यान्न अभाव भएको हो ।
यता खाद्य संस्थान हुम्लाले भने वर्षायाम सुरु भएको र मौसम खराब भएपछि बाँकी खाद्यान्न ढुवानीमा समस्या भएकाले जिल्लामा खाद्यान्नको अभाव भएको जनाएको छ ।
जिल्लामा गत असार २८ गतेदेखि कुनै पनि उडान हुन नसकेकामा आज तारा एयरले दुईवटा उडान भरेको छ । त्यसमा दैनिक उपभोग्य सामग्री ढुवानी गरिएको जनाइएको छ ।
जिल्लामा खाद्यान्न अभाव भएपछि दैनिक उपभोग्य सामग्रीको समेत मूल्य आकासिएको छ । अहिले जिल्लामा व्यापारीले प्रतिप्याकेट चाउचाउको ५० रुपैयाँ सम्म लिने गरेका छन् ।
यसैबीच, जिल्लामा एक सातादेखि विद्युत सेवासमेत अवरुद्ध भएको छ । जिल्लामा रहेको सिमिकोट-हिल्दुङ साना जलविद्युत् आयोजनाको पाइप फुट्दा जिल्लामा विद्युत् अबरुद्ध भएको हो ।
आयोजनाको मर्मत कार्य चलिरहेकाले अबरुद्ध विद्युत् सेवा सुचारु गर्न अझै एक साता लाग्ने जनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?