Comments Add Comment

‘संकटमा पर्यटन बोर्ड, मिलन बिन्दु खोजौं’

शिव अधिकारी

३१ साउन, काठमाडौं । नेपाल पर्यटन बोर्ड लामो समयदेखि विवादको घेरामा छ । चाहे त्यो पर्यटन प्रवर्द्धनको विषयलाई लिएर होस् या सीईओ नियुक्तिको विषय या त पछिल्लो समय जेटीसीसीले गरेको आन्दोलनको कारण नै किन नहोस् ।

अझ पछिल्लो समय जेटीसीसीले बिभिन्न माग राख्दै गरेको आन्दोलनले व्यवसायी र बोर्डबीच कित्ताकाट नै भएको छ भने बोर्डभित्रै कार्यरत कर्मचारीबीच Shiba-Adhikariवैमनस्यता ल्याएको छ । संचालक समितिबीचको आपसी बेमेलले बोर्डलाई तहस नहस बनाएको छ ।

बोर्डभित्र र बाहिरका थुप्रै मुद्दै-मुद्दाको कारण सरोकारवालाहरुले आफ्नो गन्तव्य समेत बिर्सने अवस्थामा पुग्न लागिसकेका छन् । यो अवस्थामा अब कसरी हुन्छ देशको पर्यटन विकास ? व्यवसायीहरुको आन्दोलनकै कारण बोर्डले छिटपुट रुपमा गर्ने आन्तिरिक र बाहृय पर्यटन प्रवर्द्धनका कार्यक्रम अहिले प्रायः ठप्प छ ।

पर्यटन व्यवसायीले शानका साथ मनाउने सगरमाथा दिवस या त आन्तरिक मेला महोत्सव केही हुन सकेको छैन । व्यवसायी र बोर्डका प्रमुखहरुको यसमा ध्यानै छैन, केबल उनीहरुको एउटै उद्देश्य छ एकले अर्कोलाई गलत्याउने । सबै मिलेर पर्यटन प्रवर्द्धनमा लाग्नु पर्ने यिनिहरु एकपक्ष फाइल बोकेर अदालत धाउनमा व्यस्त छन् भने अर्को पक्ष गलत्याएर हटाउने अभियानमा ।

पब्लिक प्राइभेट पार्टनसिपको अवधारणमा स्थापित बोर्डलाई राज्यले भने यही मौका छोपेर पब्लिकको स्वामित्व हडप्न खोजेको जस्तो संकेत देखिन्छ । या भनौं राज्यले बोर्डको स्वामित्व लिने गृहकार्य समेत थालिसकेका छ । यदि भोली यस्तै भयो भने बोर्डको भविष्य के हुन्छ र पर्यटन विकासको कार्य कहाँ पुग्छ यी कुरामा व्यवसायीको ध्यान जानुपर्छ ।

सरकारी स्वामित्व रहेकै कारण नेपाल वायुसेवा निगम कुन स्थितिबाट कुन स्थितिमा पुगेको छ त्यो सबैमा प्रष्ट छ । यो पनि थाहा छ कि निगममा सरकार परिवर्तनसँगै प्रमुख परिवर्तन गर्ने कर्मचारी पोस्ने काम भइरहेको छ । भोली बोर्ड पनि त्यस्तै नहोला भन्न सकिन्न । अनि यस्तै भयो भने इतिहासले कसकसलाई कालो धब्बा लगाउने छ त्यो समयले बताउला । त्यसकारण अब सबैले आ-आˆनो ठाउँबाट गम्भिर आत्म समिक्षा गरौं ।

हो, व्यवसायीले उठाएका माग पनि जाहेज होलान् इतिहासले पुष्टि गर्ने नै छ । माग पुरा गराउने बहानामा महत्व विहिन बोर्ड नबनाउ विगत लामो समय देखि हामीले बोर्डमा सीइओ नियूक्त गर्न सकेका छैनौं । यसमा दोष कसको हो ? के व्यवसायीको प्रतिनिधित्व गर्ने व्यक्तिको दोष छैन ?

हामीले पठाएका व्यवसायी त्यसमा अब असफल भएनन् ? यो सबैले सोचौं होइन भने हाम्रा ५ प्रतिनिधिले पनि व्यवसायीको आन्दोलन हस्ताक्षर गरेकै भरमा चुप लागेर बस्न मिल्छ ? पर्यटन क्षेत्रको भविष्य देखाउने पर्यटकीय संघसंस्थाका प्रतिनिधि र बोर्ड प्रमुखबीच अहिले पानी बाराबारको स्थिति छ । अब कसरी हुन्छ दुई पक्ष बिचको मिलान् । बोर्डको यो अवस्था ल्याउनुमा बोर्डका कर्मचारी र व्यवसायी सबैको दोष छ । यसमा दुवैले काधँ थाप्नु पर्छ ।

एकले अर्कोलाई दोषी देख्ने र आफुलाई ठिक ठान्ने हो भने समस्या समाधान हुँदैन । त्यसकारण अब सबैले गम्भिर आत्म समिक्षा गरौं । मिलन बन्दिु खोजौं होइन भने अहिलेको जस्तो पर्यटकीय संघ संस्थाले पनि बोर्डसँग सहकार्य गर्न नसक्ने र आफै पनि कार्य गर्न नसक्ने स्थिति भयो भने यो अवस्थामा पर्यटन व्यवसाय अझ तल्लो अवस्थामा र्झछ नै ।

अब अहिले पर्यटन बोर्ड र व्यवसायी बिच दुईटा बाटो छ मिलेर पर्यटन विकास गर्ने कि यहि अवस्थामा बसेर पर्यटनको भविष्य सखाप पार्ने ? यसले सबैलाई चिन्तित बनाएको छ । त्यसकारण हामी पनि भन्छौ मिलेर अघि जाने भए दुई पक्ष दुईपटि फर्केर होइन टेबुलमा बसेर मिलन बिन्दु खोजौं । यसैमा सबैको कल्याण हुनेछ ।

लेखक अधिकारी गन्तव्य नेपाल पत्रिकाका प्रधान सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment