+
+
Shares

मंगल ग्रहमा भारतको प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ८ गते १८:३७

marsआफ्नो अन्तरिक्ष अभियानमा अभूतपूर्व सफलता हात पार्दै भारतले मंगल ग्रहको कक्षमा अन्तरीक्षयान पठाउन सफल भएको छ ।
भारतीय अन्तरीक्ष एजेन्सी इसरोका अनुसार उसको स्याटेलाइट मंगलयान मंगल ग्रहको अण्डाकार कक्षमा सफलतापूर्वक प्रवेश गरेको जनाएको छ ।
यो सफलतासँगै भारत यस्तो देश बनेको छ जसले पहिलो प्रयासमै आफ्नो अभियान पूरा गरेको छ ।
भारतको मंगल अभियानको निणर्ायक चरण सेप्टेम्बर २४ को बिहान मंगलयानको गतिलाई कम गरेसँग सुरु भएको थियो । गति कम गर्नुको कारण मंगलयान मंगल ग्रहको कक्षमा गुरुत्वाकर्षणको सन्तुलन कायम गरी स्थापित हुन सकोस् भनेर थियो । उक्त मिशनको सफलता आखिर बाँकी २४ मिनेटमा निर्भर थियो जतिबेला यानको इन्जिनलाई संचालन गरियो ।
इसरोका अनुसार भारतीय समय अनुसार विहान ८ बजेतिर मंगलयान मंगल ग्रहको कक्षमा स्थापित भएको संकेत मिलेको हो । यो ऐतिहासिक घटनालाई साक्षात्कार गर्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बैंगलोरस्थित इसरो केन्द्र पुगेका थिए । उनले मंगल अभियानमा संलग्न सबै वैज्ञानिकलाई बधाइ तथा धन्यवाद दिए ।
अमेरिकी अन्तरीक्ष संस्था नासाले पनि टि्वटर मार्फत भारतलाई बधाइ दिएको छ ।
भारतले आफ्नो मंगल मिसनका लागि ४५० करोड भारु खर्च गरेको छ ।
के गर्छ मंगलयानले ?
यदि योजना मुताविक मंगलयानले काम गरेमा यसले आगामी ६ महिनासम्म मंगलको कक्षमा रहेर मंगल ग्रहको वातावरणको अध्ययन गर्नेछ ।

उसले मंगलमा रहेकेा मिथेन ग्यासका साथै त्यहाँ जिवनको सम्भावनाको समेत अध्ययन गर्नेछ ।
मंगलयानले केही समयपछि मंगल ग्रहका तस्वीर पठाउन सुरु गर्ने अनुमान गरिएको छ ।

मंगल ग्रहमा सबैभन्दा पहिले सन् १९६४ मा अमेरिका प्रवेश गरेको थियो । मंगल ग्रहमा पुग्ने दोश्रो राष्ट्र सोभियन संघ (१९७१) हो भने युरोपेली अन्तरीक्ष एजेन्सी सन् २००३ मा मंगल ग्रहमा प्रवेश गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?