Comments Add Comment

फ्रान्सेली लगानी भित्राइदिन चेम्बरको राजदूतलाई आग्रह

Rajesh-kaji-and-Frans-Ambasder

२० कात्तिक, काठमाडौं । नेपालका लागि फ्रान्सकी राजदूत मार्टिन बास्सरेउले आफ्नो कार्यकालमा नेपाल र फ्रान्सबीचको आर्थिक कुटनीतिलाई प्रभावकारी बनाउने बताएकी छन् ।

नेपाल चेम्वर अफ कमर्सका पदाधिकारीहरुसँग बिहीबार भएको भेटवार्तामा राजदूत बास्सरेउले सो कुरा बताएकी हुन् । उनले आगामी फेब्रुवरीमा फ्राेञ्च डेलिगेशनले नेपाल भ्रमण गर्न लागेको जानकारी दिँदै डेलिगेशनले नेपाल र फ्रान्सबीचको लगानी तथा व्यवसायिक वातावरणका बारेमा जान्ने अबसर प्राप्त हुने विश्वास व्यक्त गरिन् ।

चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको जानकारी गराएका थिए । उनले भारतसँग भएको वाणिज्य सम्झौता एवं विद्युत व्यापार सम्झौता, विद्युत उत्पादन सम्झौता एवं नेपालबाट निकासी हुने करिव ८ हजार बस्तुमा चीनले दिएको ड्युटि फि्र सुविधाबाट फाइदा लिन राजदूतमार्फत फ्रान्सेली लगानीकर्ताहरुलाई अनुरोध गरे ।

अध्यक्ष श्रेष्ठले नेपालमा जलश्रोत, कृषि, पर्यटन, हस्तकलाका बस्तुहरु, खनिज, शिक्षा तथा स्वास्थ्य जस्ता तुलनात्मक लाभ भएका बस्तुहरुमा लगानी गरी फाईदा लिन अनुरोध गरेका छन् ।

फ्रान्ससँगको व्यापार घाटाबारे चर्चा गर्दै श्रेष्ठले फ्रान्समा नेपाली बस्तुहरु तथा सेवाको प्रवर्द्धन गर्न चेम्बले अवैतनिक प्रतिनिधि नियुक्त गरेको जानकारी गराए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई सूचना उपलव्ध गराउन चेम्वरले सचिवालयमा उद्योग दर्ता तथा कर लगायत व्यवसाय सम्बन्धी सूचना केन्द्रको स्थापना गर्न लागेको पनि बताएका छन् ।

सोही अवसरमा फ्रान्सका लागि नेपालका महामहिम राजदूत अम्विका देवी लुईंटेलले नेपाली उत्पादन तथा लगानी विस्तार गर्ने उद्देश्यले चेम्वरले स्थापना गर्न लागेको सूचना केन्द्रले आफू निकै उत्साहित भएको बताइन ।

उनले आर्थिक कुटनीतिको माध्यमले आफूले नेपाल र फ्रान्सबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने आश्वासन दिएकी छिन् । नेपाल फ्रान्सबीचको आर्थिक तथा जनस्तरको सम्वन्ध विकासका लागि दुई देशबीच उच्च प्रतिनिधिमण्डलको भ्रमणको आवश्यकता रहेको बताउँदै चेम्वरलाई पहल गर्न अनुरोध समेत गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment