Comments Add Comment

कसलाई छान्लान् अर्थमन्त्रीले गभर्नर ?

Governes-final
१२, फागुन काठमाडौं । आगामी पाँच वर्षे कार्यकालका लागि नेपाल राष्ट्र बैंकको गभर्नर छान्ने प्रक्रिया मंगलबारबाट औपचारिकरुपमा सुरु भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले अर्थमन्त्री डा. रामशरण महतको अध्यक्षतामा तीन सदस्यीय कमिटी गठन गरेपछि अब नयाँ गभर्नरको खोजीले औपचारिकता पाएको हो ।

अर्थमन्त्रीको समितिले कसको नाम गभर्नरका लागि सिफारिस गर्ला भन्ने चासो वित्तीय क्षेत्रमा बढेको छ । शायद अब गर्भरनरको दौडधूपमा केही मानिसहरुको सक्रियता बढ्ने छ । यो पनि पढ्नुहोस- राष्ट्र बैंकको गभर्नर बन्न १२ भाइको ‘लिगलिगे दौड’

छनोट समितिमा राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालयशमसेर जबरा र अर्थशास्त्री पार्थिवेश्वर तिमल्सिना सदस्य छन । तिमल्सिना यसअघि पाँच वर्ष राष्ट्र बैंकको सञ्चालक भइसकेका व्यक्ति हुन् ।

अहिलेका गभर्नर डा. युवराज खतिवडाको आगामी चैत ६ गते पाँच वर्षे कार्यकाल सकिँदैछ । गभर्नरको कार्यकाल सकिनु एक महिनाअघि नै नयाँ गभर्नरको छनोट समिति गठन गर्नुपर्ने राष्ट्र बैंक ऐनमा उल्लेख छ । जसमा अर्थमन्त्री संयोजक रहने र पूर्वगभर्नर मध्येबाट एकजना र विज्ञका तर्फबाट एकजना सदस्य रहने व्यवस्था छ ।

छनोट समितिले कार्यरत डेपुटी गभर्नरमध्येबाट एकजना र आर्थिक, मौऽकि, बैकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुमध्येबाट बाँकी दुईजनाको नाम छनोट गरी सरकारलाई सिफारिस गर्नुपर्ने प्रावधान छ ।

सिफारिस समितिले सिफारिस गरेका तीनजना मध्येबाट एकलाई सरकारले पाँचवर्षे कार्यकालका लागि गभर्नर नियुक्ति गर्छ ।

गभर्नर नेपाल सरकारको आर्थिक सल्लाहकार हो । उसँग मौदि्रक नीति तयार गरी कार्यान्वयन गर्ने अधिकार हुन्छ । गभर्नर राष्ट्र बैंकको सञ्चालक समितिको अध्यक्ष र व्यवस्थापनको प्रमुख पनि हो । सरकार परिवर्तन हुनेवित्तिकै राष्ट्र बैंकको गभर्नर परिवर्तन नहुने र राष्ट्रले छाप्ने पैसा -नोट)मा गभर्नरको हस्ताक्षर हुने भएकाले यो पदमा धेरैको आकर्षण रहने गरेको छ ।

प्रधानमन्त्री र अर्थमन्त्री कांग्रेसकै भएकाले कांग्रेससँगनिकट अर्थशास्त्रीहरु नै नयाँ गभर्नरका लागि चर्चामा छन् । नयाँ गभर्नरका लागि दर्जनभन्दा बढी दाबेदार छन् । पछिल्लो समयमा पूर्वअर्थसिचव रामेश्वर खनालको नाम पनि गभर्नरका लागि निकै चर्चामा छ ।

एमालेको भागमा परेको गभर्नर पदमा एमालेले पनि सहजै दाबी छाडिहाल्ने देखिन्न । स्रोतहरुका अनुसार गभर्नर बन्नका लागि १२ जनाभन्दा बढीले दौडधूप गरिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment